Featured Post

बर्बरता

 बर्बरता मिलनका निम्ति  आउदै नआउनु तिमी सम्भावनाका कुनै घडी छैनन हामीसँग​ बरू बचेर जानु  कतै  हामीले लगाएको बर्बरता ले  तिम्रो गुलावी मुटु न...

Monday, January 9, 2017

मांसाहारः प्रथम चोक्टादेखि क्यान्सर सम्मको यात्रा

मांसाहार गर्नाले के हुन्छ​ ?


रगत बाक्लो बनाउने प्रमुख कारक खानामा हुने प्रोटिन हो यदि यो जनावरको माध्यमबाट आएको छ भने। मानौ तपाईंले एउटा चोक्टा मात्र पनि मांसाहार सेवन गर्नुभयो। अन्य मांसाहारी जनावर जस्तै सिंह​, बाघ​, स्याल आदिको तुलनामा मानव शरीरले केवल १/२० औँ अंश मात्रै अम्लिय पदार्थ उत्पादन गर्न सक्छ जो मासु पचाउनका लागि चाहिन्छ तर यसको तुलनामा मांसाहारी जनावरमा यो भन्दा ५ गुणा बढि अम्लिय पदार्थ उत्पादन हुन्छ जसले मासु सजिलै पचाउन सक्छ। यसको मतलब तपाईंले सेवन गरेको मासुको ९०% भाग नपचि सानो आन्द्रामा पुग्दछ​। जनावरका हड्डीहरु मांसाहारी जनावरहरुले सजिलै पचाउन सक्नु यसको उदाहरण हो। तसर्थ तपाईंको सानो आन्द्रामा पुगेको ९०% मृत प्रोटिन​ -अपच भ​एको मासुको अंश)​ त्यहिं कुहिन्छ र त्यो कुहिएको अंशको २०% भाग रक्तसंचार प्रणालीमा प्रवेश गर्दछ जो घातक रोगहरु निम्त्याउनका निम्ति परिपूर्ण हुन्छ​।

शरीरमा सोसिएको केहि अंशलाई कलेजोले टुक्र्याएर युरिया र युरिक एसिडमा परिवर्तन गर्दछ​। मृगौलाको सहायतामा पिसावका माध्यमले ति पदार्थहरुलाई शरीरबाट बाहिर पठाइन्छ​। जनावरबाट आउने प्रोटिनको निरन्तर प्रयोगले कलेजोको पित्त थैलीमा पत्थरी हुने संभावना अत्याधिक हुन्छ​। यसले कलेजोले बिषाक्त पदार्थहरुलाई टुक्र्याएर शरीरबाट बाहिर पठाउने प्रकृयामा बाधा पुर्यांउछ अथवा कलेजोको कार्यक्षमतामा कमि ल्याउंछ​। कलेजोले शरीरमा अति नै महत्वपूर्ण ५०० भन्दा धेरै कार्य गर्दछ​।

प्रोटिन खाद्य पदार्थहरु अत्याधिक अम्लिय र रगतलाई धेरै बाक्लो बनाउने खालका हुन्छन्। जब यि रक्त्तसंचार प्रणालीमा आउंछन्, यिनिहरुले अवश्य नै रगतलाई बाक्लो बनाइदिन्छन्। हृदयघातको खतरालाई घटाउन शरीरले ति प्रोटिनका कणहरुलाई आसपासका कोषहरुमा लगेर थुपारिदिन्छन। यसकारण रगत पातलो हुन्छ र तत्कालिन खतरनाक हृदयरोगबाट बचाउंछ​। तर कालान्तरमा ति कोष वरिपरि थुपारिएका प्रोटिनले  अंतरकोषिय​ तरल पदार्थलाई बाक्लो लेदोमा परिवर्तन गरिदिन्छन जसका कारणले कोषका प्रवेश द्वार बन्द हुंदै जान्छन्। यसले गर्दा कोषलाई कार्य गर्न चाहिने अति महत्वपूर्ण पोषण तत्वहरुले कोषमा प्रवेश गर्न सक्दैनन र पोषण अभावले कोषहरु मर्ने संभावना अत्याधिक रहन्छ​।

शरीरले कसरी सामना गर्छ त​?

शरीरले कोष बचाउनका निम्ति अत्यन्तै चलाखिपूर्ण तरिकाले अति नै जटिल खालको प्रकृया अपनाउन थाल्दछ​। अंतरकोषिय​ तरल पदार्थबाट थुपारिएको प्रोटिन हटाउनका निम्ति शरीरले ति प्रोटिनहरुलाई कोलाजिन नामक तन्तुमा परिणत गर्न सुरु गर्दछ जो १००% प्रोटिन हो। यो स्वतस्फुर्त प्रकृयामा शरीरले आँफै सूक्ष्म रुपमा धमनी, नशा एवं कोषका  भित्तामा प्रोटिन बनाउन सक्दछ। यसरी ति भित्ताहरुमा प्रोटिन बन्दै जांदा ति सूक्ष्म धमनी एवं कोषका भित्ताहरु ८ गुणा धेरै बाक्लो हुन सक्छन्। यसरी कोलाजिन फाइवरको मात्रा बढ्दै जांदा ति रौँ जस्ता सूक्ष्म क्यापिलरीका भित्ताहरु एक पटक भरिन्छन र त्यहाँ पनि शरीरले त्यहि पुरानै जटिल प्रकृया सुरु गर्दछ​। यो हुंदै जांदा धमनीका भित्ताहरु साह्रो हुंदै जान्छन र अन्तिममा उच्च कोलेस्ट्रोल​, हृदय घात​, अचानक घात​, रक्तचाप जस्ता अनेकौँ मुटुरोगहरुलाई निमन्त्रणा दिन्छन्। त्यस्तै कलेजोको कार्यक्षमतामा कमि आउनाले शरीरमा अनेकौँ समस्याहरु पनि देखिन थाल्दछन​।

अब शरीरले अझ ठूलो चुनौतीको सामना गर्नुपर्ने हुन्छ​। क्यापिलारीका मोटा भित्ताहरु (अथवा धमनी) कोषमा पोषण तत्व पुर्याउनमा बाधक बनिदिन्छन्। धमनीले बढ्दो रुपमा अक्सिजन​, ग्लुकोज एवं पानीलाई प्रोटिनका बाक्लो छेकबारबाट प्रवेश गर्नमा रोक लगाउंछन्, जसकारणले कोषहरु महत्वपूर्ण पोषण तत्वहरुबाट वन्चित रहन्छन्। अत्यन्तै कम ग्लुकोज मात्र कोषसम्म प्रवेश गर्न सक्दछ​। यसले गर्दा शरीरमा मेटाबोलिजम (शरीरमा रसायनिक परिवर्तन हुने प्रकृया) क्षमतामा ह्रास आउनुका साथ साथै कोषको फोहोर उत्पादनमा समेत वृद्दि हुन्छ​।

धमनीहरु टम्म भरिनुका साथै अर्को जटिल समस्या पनि देखा पर्छ​। अतिरिक्त प्रोटिनहरु लिम्फ्याटिक डक्ट -कोषहरुबाट फोहोर निकाल्ने गांठा एवं ग्रन्थीहरु)मा जम्मा हुन थाल्दछन जसले प्रत्येक क्यापिलारीहरु संगै सहकार्य गर्दछन्। लिम्फ डक्ट एवं लिम्फका ग्रन्थीहरु कोषबाट निस्केका फोहोर पदार्थहरुलाई हटाउन एवं बिषाक्त पदार्थहरुलाई निष्कृय पार्ने भूमिका निभाउंछन्। यसका साथ​ साथै जो दैनिक मर्ने ३० करोड कोषका भग्नावषेसलाई पनि हटाउने कार्य गर्दछन​। कोष प्रोटिनले नै बनेको हुने र त्यसकारणले मरेका कोषहरुमा पनि पुरानो प्रोटिन रहेको हुन्छ​। शरीरमा कोषका प्रोटिनसंगै माछा मासु, अण्डा, एवं दुध दहीको सेवनले आएको अन्य प्रोटिनको भार समेत उठाउनुपर्नाले लिम्फ्याटिक प्रणालीमा अत्याधिक बाधा पर्ने र सोको कारण लिम्फको गति रोकिने, त्यस कारणले दुषित तरल पुनः जीवित कोष एवं धमनीहरुमै धारण हुने हुन्छ​। परिणाम स्वरुप, दुषित पदार्थ हटाउन र निष्कृय पार्न लिम्फ्याटिक प्रणाली असमर्थ रहन्छ। फल स्वरुप कोष वरीपरि रहने तरल पदार्थमा मेटाबोलिक प्रकृयामार्फत निस्केको फोहोर र दुषित पदार्थ अत्याधिक मात्रामा वृद्दि हुन्छ​।

निसास्सिन सुरु

कोष वरीपरिको वातावरणमा फोहोरको मात्रामा वृद्दि हुनाले कोषलाई  अक्सिजन एवं अन्य महत्वपूर्ण पोषण तत्वहरुको कमि मात्रै होइन​, उनीहरु आफ्नै फोहोरले पनि निसास्सिन थालिसकेका हुन्छन्। कोषको वातावरणमा आएको नाटकिय परिवर्तनले कोषले असामान्य कोशलाई जन्म दिनुको विकल्प अन्य केहि रहदैन​।

कोषशमा आउने परिवर्तन कुनै जिन ( सन्तान जन्माउने शुक्राणुमा हुने तत्व)मा आएको खराबीले ल्याएको प्रतिकुल अवस्थाले हुने होइन​। जिन आफैमा विना कारण केहि परिवर्तन आउँदैन​। जिनमा त्यस्तो गर्न सक्ने कुनै क्षमता हुंदैन​। उनीहरुको कार्य भनेको कोशले नयाँ कोश निर्माण गर्नुमा मात्रै हुन्छ​। तर जब कोषको वातावरणमा ठूलो परिवर्तन आउंछ​, तब कोषको वंशाणुगत खाकामा पनि परिवर्तन आउंछ​। अनौठो रुपमा कोषको वातावरणमा आएको अक्सिजनको कमिले गर्दा  अतिआवश्यक जिनले नयाँ खाका तयार पार्दछन जसले उनीहरुलाइ बिना अक्सिजन पनि बांच्न सक्ने बनाउंछन र ति खाकामार्फत निर्माण भ​एका कोषहरुले मेटाबोलिक फोहोरलाई नै शक्तिका लागि प्रयोग गर्न सक्ने बन्दछन्। परिवर्तित कोषहरुले फोहोरलाई नै मेटाबोलाइज गर्न सक्छन र शक्ति उत्पादन गरि आफ्नो आवश्यकता पुरा गर्दछन​। यस्तो अप्राकृतिक मेटाबोलिजमका धेरै खतराहरु हुन्छन​, जस्तै शरीरमा एक्कासि परिवर्तन आएर कुनै अङ्गमा अथवा रगतमा घातक बिष घोलिनु।


यसरी मांसाहार गर्नाले मानवलाई क्यान्सर हुने संभावना अत्याधिक रहन्छ​। यसका साथै पाचन प्रणालीमा समस्या, पित्त थैलीमा समस्या, कलेजोमा समस्या जस्ता अनेकौँ समस्याहरुसंग लड्नु भन्दा शाकाहारी जीवनशैली अपनाऔँ। यि भौतिक क्षतिका साथ साथै मांसाहारका अनेकौँ अध्यात्मिक  क्षतिहरु पनि रहेका छन। यदि हामीले पशुको हत्या गरेर आफ्नो घरमा ल्याएर त्यसको सेवन गर्छौँ भने हामीले त्यसको फलस्वरुप अनेकौँ नराम्रा कर्मका फल पनि भोग्नुपर्ने हुन्छ जसको कल्पना पनि हामी गर्न सक्दैनौ। त्यसैले मानविय पथ​ अपनाऔ। आफ्नो थालमा शाकाहारी भोजनलाई स्थान दिने गरौँ।