पिताको मुख हेर्ने दिन
र जगतपिता हरु
तिम्रै इतिहासमा उभिएका आजका हामी
राम, कृष्ण, दधिचि
लाओत्सु, जिसस, मुहम्मद
हरिश्चन्द्र र बुद्दहरु
जगतकल्याणका तिम्रा त्याग
तिम्रा करुणाका अवशेषहरु
आजकाल
संग्राहलयका भित्तामा सिमित भएका छन
र निकट नै, मस्जिद, मन्दिर, गिर्जाघर र गुम्बाहरु पनि
संग्राहलय बन्दै छन
मस्जिद, मन्दिर, गिर्जाघर र गुम्बाहरुमा
सेल्फिका लहर चलेका छन
बिदाका बहाना बनेका छन्
त्यहाँ प्रार्थना र भक्तिका ध्वनी बज्न छोडिसके
तिम्रा संवेदनशिलता
जस्ले हृदय पगालेर
मानवताका सागर बगायौ
आज
त्यसका धार सुकिसकेका छन्
त्यहाँ बचेका अवशेषहरुबाट
पर्खालले घेरिएका सिमाना बनाइएका छन्
त्यहाँ मानवताले बास पाउन छाडिसके
तिम्रा दर्शनहरु
आज कांडेतारका सिमाना बनेका छन्
त्यहां मानवताका हातखुट्टा काटिएका छन्
बस्तिहरु जलाइएका छन्
छाती चिरिएका छन कतै भने
कतै सिउंदो उजाडिएका छन्
धर्तीको छाति चिरेर
अन्न उब्जाउने पाखुराले आज
खसी, कुखुरा, पाडा र सुंगुर
काट्ने खुर्पा बोकेका छन्
एकाबिहानै
अबोध प्राणीहरुका
रक्तले कुण्डहरु भरिन्छन्
र नदि निस्किन्छ
त्यहि कुण्डहरुबाट
एक हुल जमातले
बांध बांधेका छन्
कुलो खनाएका छन्
ति नदिका धार प्रत्येक धुरीमा प्रवेश गराउन
र बिच-बिचमा मधुशालाका सोमरस मिसाउन
अनि मेटाउंदै छन्
ति रक्तकुण्डबाट निस्केका
सोमरस मिश्रित धारहरुले
प्रत्येक धुरी र हृदयबाट
जगत पिता
राम
कृष्ण
बुद्द
जिसस
मोहम्मद
हरिश्चन्द्र
लाओत्सु
र दधिचिका अवशेषहरु
त्यहि महायज्ञमा
दिन दाहडै उजाडिन्छ
प्रत्येक धुरीमुनि चरित्रहरु
अन्त्यमा
पापनासिनी गंगामा
यिनै अवशेषहरु मिसाइन्छन्
सभ्यताका बस्तिहरुबाट निस्किने
ढलहरुमार्फत
सायद
जगतपिताका करुणामयी हृदय
जीवन सुत्र र दर्शनलाई
मुर्ती र पुष्तकमा सिमित गरिएको छ
आजका पिडिले सायद
बुद्द र लाओत्सुलाई हृदयमा धारण गरेनन्
त्यसैले
जिससका सुत्र सुलीमा चढाई
त्यसमा वाइन चढाइन्छन कतै भने
मोहम्मदका दिग्वाणी
आज मस्जिदका भित्ताले मात्रै
सुन्ने गरेका छन्
कृष्णका भक्ति र योगका दर्शन
गिताका सार, मर्यादापुरुषोत्तमको मर्यादा र हरिश्चन्द्रहरुका सत्य
आज हृदयमा होइन
बजारमा छ्याप्छ्याप्ति किन्न पाइन्छ
त्यसैले दधिचिहरुका त्यागले
विश्व फोर्ने मिसाइल बनाइएको छ
जगतपिताका इतिहास संगै
तिम्रै बलिदानको बलमा
तिम्रै सन्तान आफ्नै अस्तित्व मेटाउंदै छन्
तिम्रै त्यागको प्रतिफल स्वरुप