
दुरी
दुरी
सात समुन्द्रपारी
यहाँ
अनौठो विशाल राज्य छ
जहाँ साना कल्कलाउँदा
वैशालु हृदयहरु पनि छन
र तिनै भित्र बसेकि छन सिङ्गो नेपाल
अनि संगै बगेका छन
कोशी, काली, कर्णाली र नारायणी
सपना र कल्पनाका प्यासहरुलाई
संघर्षले निमिट्यान्न पार्दै
कहिलेकाहिँ
सगरमाथाको हावाले
पहाडको संदेश बगाएर
बुद्दको अंतरमन छोएजस्तो लाग्छ
भने कहिले
तराईको तापले
पहाडको चिसो ओभाएजस्तो लाग्छ
यि मनहरु भित्रै
आखिर
मनभित्रको मातृभूमिसंग
भावनाको कुनै दुरी जो छैन॥
-त्रिभुवन ढकाल
मेलबर्न(अष्ट्रेलिया)
२०७६ कार्तिक २