Featured Post

बर्बरता

 बर्बरता मिलनका निम्ति  आउदै नआउनु तिमी सम्भावनाका कुनै घडी छैनन हामीसँग​ बरू बचेर जानु  कतै  हामीले लगाएको बर्बरता ले  तिम्रो गुलावी मुटु न...

Wednesday, November 8, 2017

सडकमा बालकको निधनको पिडाले मन रसाएसंगै टुसाएका केहि भावनाहरु


बिहानै सडक दुर्घटनामा परेर बालकको मृत्यु समाचारले मर्माहित तुल्यायो। एक पटक त सोचें कि हामी कति असंबेदनशिल भ​एर सडकमा बालबालिकालाई त्यसै छोडिदिन्छौँ जहाँ अत्यन्तै तिव्र गतीमा सवारी साधन गुडिरहेका हुन्छन र जुन सुकै बेला पनि हाम्रा बालबालिका दुर्घटनामा पर्न सक्छन्। सडकको अवस्थाबारे बालबालिकाले जन्दैनन र उनीहरु सजिलै दुर्घटनामा पर्न सक्छन्। सडक दुर्घटना जो कोहिका लागि पनि अत्यन्तै पिडादायक हुन्छ​। त्यसमाथि अझ बालबालिका।

हामी अभिभावकले यि कुराहरुमा अत्यन्तै ध्यान दिनुपर्ने हुन्छ​-

१) बालबालिकालाई सडकको आसपासमा नछोडौँ।
२) सडकमा यात्रा गर्दा बालबालिकाको हात समातिराखौँ र बालबालिकालाई सडकको देब्रे पट्टीको कुनामा राखौँ
३) बालबालिकालाई एक्लै सडक पार गर्न दिनु हुदैन​। गर्नुपरेमा उनिहरुलाई काखमा लिएर अथवा हात समातेर सडक पार गराउनुपर्छ​।
४) सडकमा अपनाउनुपर्ने सावधानीहरु बालबालिकालाई घरमै सिकाइरहनुपर्छ​।
५) बालबालिकालाई सडकको आसपासमा साइकल चलाउन अथवा खेल्न पनि दिनु हुदैन​।

लगभग ट्राफिक प्रहरिको तथ्याङ्क हेर्ने हो भने ४०% दुर्घटनामा पैदल यात्रु पर्ने गरेका छन्। यसको कारण त्यहि एउटै सडकमा पैदल यात्रु पनि छन्, साइकल छन्, चौपायाहरु पनि छाडा छोडिएका छन भने कति पय स्थानमा त अन्न बालि पनि सडकमै सुकाएको देख्न सकिन्छ। सडकका स्तर पनि अति नै न्युन छन्। मानौ यस्तो लाग्छ, यि सडकहरु दुर्घटना निम्त्याउनकै निम्ति बनाइएको हो र बर्षौँ बितिसक्दा पनि ति सडक मर्मत हुदैनन्। कतै पहिरो त कतै केहि न केहि माध्यमले दैनिक जसो सडक दुर्घटना भैरहेको समाचार हामी सुनिरहेका हुन्छौँ।

यि सम्भाबित दुर्घटनाहरुलाइ नियन्त्रण गर्नका निम्ति निम्न बुंदाहरुलाई अपनाउनुपर्ने हुन्छ​

१) सडक पैदलयात्रु मैत्रि एवं बालमैत्रि हुनुपर्छ। यसको मतलब सडकको दायाँ-बाँया भाग पैदल यात्रुहरुलाई छुट्याइएको हुनु पर्छ​। त्यसै गरि अलि ब्यस्त ठाउँहरुमा साइकलका लागि पनि सडकमा स्थान बनाइनुपर्छ​।
२) धेरै व्यस्त सडकहरुमा लेनलाई राम्रोसंग बिभाजन गरिएको हुनुपर्छ ताकि एउटा लेनको साधन बिपरित लेनमा जानका लागि तोकिएको स्थानबाहेक अन्य स्थान प्रयोग गर्न नसकोस्।
३) सडक अनुशासन पालन गराउनका निम्ति ट्राफिक प्रहरीले स्मार्ट टेक्नोलोगी भित्र्याउनुपर्छ​। जस्तै गति सेन्सर​, सडक सुचक एवं सडक बत्तीहरु, आकासे पुल​, फ्लाइ ओभर​, सब वय, जेब्रा क्रसिङ, सिसि क्यामेराआदि
४) सडक पैदल यात्रु, चौपाया, प्रदर्शन​, आन्दोलन एवं व्यापारिक प्रयोजनका लागि सधैका लागि निषेधित गरिनुपर्छ र यसको बिकल्प पनि दिनुपर्छ​।
५) सडक एवं राजमार्गका आसपासमा मदिरा बिकृबितरण पूर्णतया रोक लगाउनुपर्छ​।
६) बन जङ्गल, बन्य जन्तु संरक्षित क्षेत्र एवं राष्ट्रिय निकुञ्जहरुमा न्युन गति हुनुपर्ने, सवारीसाधन अनावश्यक रुपमा रोक्न नपाउने र बिच बिचमा बन्यजन्तुहरुलाई आवत जावत गर्नका निम्ति बन्यजन्तु मैत्रि आकाशे पुल एवं सब वय निर्माण गरिनुपर्छ​।
७) पहिरो कम जाने एवं बाढीले दुख नदिने गरि सडकहरु निर्माण गरिनुपर्छ​।
८)  सवारी साधनको प्रकार हेरेर पनि बैकल्पिक मार्गहरुको बिकास गर्न सकिन्छ​। जस्तै ट्रिपरलाई बाक्लो बस्ति भ​एको स्थानमा रोक लगाएर यस्को बिकल्पमा अन्य मार्ग अपनाउन सकिन्छ​।
९) सडक सुरक्षालाई मध्यनजर गर्दै त्यसका लागि बिकसित देशहरुमा जस्तै सडक सुरक्षा परिषदको गठन गर्न सकिन्छ जसले बिभिन्न निकायहरुसंग समन्वय गरेर सडक सुरक्षाका उपायहरु बिकास गर्न सकोस।
१०) बिमाको उचित व्यवस्थापन हुन जरुरी छ।
११) माथी भनिएअनुरुप नेपालका सडकहरु अत्यन्तै तिब्र गतिमा सुधार गरिनुपर्छ्​।

Monday, August 21, 2017

जीवन दर्शन र धर्तीका पिताहरु

पिताको मुख हेर्ने दिन​
र जगतपिता हरु
तिम्रै  इतिहासमा उभिएका आजका हामी
राम​, कृष्ण, दधिचि
लाओत्सु, जिसस​, मुहम्मद​
हरिश्चन्द्र र बुद्दहरु

जगतकल्याणका तिम्रा त्याग
तिम्रा करुणाका अवशेषहरु
आजकाल​
संग्राहलयका भित्तामा सिमित भ​एका छन
र निकट नै, मस्जिद​, मन्दिर​, गिर्जाघर र गुम्बाहरु पनि
संग्राहलय बन्दै छन​
मस्जिद​, मन्दिर​, गिर्जाघर र गुम्बाहरुमा
सेल्फिका लहर चलेका छन​
बिदाका बहाना बनेका छन्
त्यहाँ प्रार्थना र भक्तिका ध्वनी बज्न छोडिसके
तिम्रा संवेदनशिलता
जस्ले हृदय पगालेर
मानवताका सागर बगायौ
आज​
त्यसका धार सुकिसकेका छन्
त्यहाँ बचेका अवशेषहरुबाट​
पर्खालले घेरिएका सिमाना बनाइएका छन्
त्यहाँ मानवताले बास पाउन छाडिसके
तिम्रा दर्शनहरु
आज कांडेतारका सिमाना बनेका छन्
त्यहां मानवताका हातखुट्टा काटिएका छन्
बस्तिहरु जलाइएका छन्
छाती चिरिएका छन कतै भने
कतै सिउंदो उजाडिएका छन्

धर्तीको छाति चिरेर
अन्न उब्जाउने पाखुराले आज​
खसी, कुखुरा, पाडा र सुंगुर
काट्ने खुर्पा बोकेका छन्
एकाबिहानै
अबोध प्राणीहरुका
रक्तले कुण्डहरु भरिन्छन्
र नदि निस्किन्छ
त्यहि कुण्डहरुबाट​

एक हुल जमातले
बांध बांधेका छन्
कुलो खनाएका छन्
ति नदिका धार प्रत्येक धुरीमा प्रवेश गराउन​
र बिच​-बिचमा मधुशालाका सोमरस मिसाउन​
अनि मेटाउंदै छन्
ति रक्तकुण्डबाट निस्केका
सोमरस मिश्रित धारहरुले
प्रत्येक धुरी र हृदयबाट​
जगत पिता
राम​
कृष्ण​
बुद्द​
जिसस​
मोहम्मद​
हरिश्चन्द्र​
लाओत्सु
र दधिचिका अवशेषहरु
त्यहि महायज्ञमा
दिन दाहडै उजाडिन्छ​
प्रत्येक धुरीमुनि चरित्रहरु
अन्त्यमा
पापनासिनी गंगामा
यिनै अवशेषहरु मिसाइन्छन्
सभ्यताका बस्तिहरुबाट निस्किने
ढलहरुमार्फत

सायद​
जगतपिताका करुणामयी हृदय​
जीवन सुत्र र दर्शनलाई
मुर्ती र पुष्तकमा सिमित गरिएको छ​
आजका पिडिले सायद​
बुद्द र लाओत्सुलाई हृदयमा धारण गरेनन्
त्यसैले
जिससका सुत्र सुलीमा चढाई
त्यसमा वाइन चढाइन्छन कतै भने
मोहम्मदका दिग्वाणी
आज मस्जिदका भित्ताले मात्रै
सुन्ने गरेका छन्

कृष्णका भक्ति र योगका दर्शन​
गिताका सार​, मर्यादापुरुषोत्तमको मर्यादा र हरिश्चन्द्रहरुका सत्य​
आज हृदयमा होइन​
बजारमा छ्याप्छ्याप्ति किन्न पाइन्छ​

त्यसैले दधिचिहरुका त्यागले
विश्व फोर्ने मिसाइल बनाइएको छ​
जगतपिताका इतिहास संगै
तिम्रै बलिदानको बलमा
तिम्रै सन्तान आफ्नै अस्तित्व मेटाउंदै छन्
तिम्रै त्यागको प्रतिफल स्वरुप

Monday, July 31, 2017

सुर्य, नदी र म​



सुर्य, नदी र म​
अनि हाम्रो अनन्तकोटि सम्बन्ध

ब्रह्ममुहुर्तमा सुर्यसंगै उदाएर​
सुसांउदै बगेकि कालीगङ्गासंगै
जीवनका अनगिन्ति बगैंचामा
जिवन्तताका पुष्प फैलाएर​
एक दिन​
र एक दिन​
सन्ध्यामा तेज गुमाएर​​
क्षितिजमा हराएको सुर्यझैं
चिर समाधी र अग्नीको अंगालोबाट​
कालीगङ्गाको स्नेहशिल कोखमा समाहित हुन्छु
अनि पुन​
ब्रह्ममुहुर्तको तेज किरणसंगै
हिमलयबाट मूल फुटेका
ति जलधारासरि
म पुन उदाउने छु
आखिर युगौँ युगसम्म धर्तीमा
प्रकाशका चक्र चलायमान राख्नु जो छ​
जलधारा बहाउँदै
जीवन्तताका पुष्प जो फैलाउनु छ​
सुर्य​, नदी र मेरो संबन्ध अमर जो तुल्याउनु छ​



Monday, January 9, 2017

मांसाहारः प्रथम चोक्टादेखि क्यान्सर सम्मको यात्रा

मांसाहार गर्नाले के हुन्छ ?


रगत बाक्लो बनाउने प्रमुख कारक खानामा हुने प्रोटिन हो यदि यो जनावरको माध्यमबाट आएको भने। मानौ तपाईंले एउटा चोक्टा मात्र पनि मांसाहार सेवन गर्नुभयो। अन्य मांसाहारी जनावर जस्तै सिंह, बाघ, स्याल आदिको तुलनामा मानव शरीरले केवल १/२० औँ अंश मात्रै अम्लिय पदार्थ उत्पादन गर्न सक्छ जो मासु पचाउनका लागि चाहिन्छ तर यसको तुलनामा मांसाहारी जनावरमा यो भन्दा गुणा बढि अम्लिय पदार्थ उत्पादन हुन्छ जसले मासु सजिलै पचाउन सक्छ। यसको मतलब तपाईंले सेवन गरेको मासुको ९०% भाग नपचि सानो आन्द्रामा पुग्दछ जनावरका हड्डीहरु मांसाहारी जनावरहरुले सजिलै पचाउन सक्नु यसको उदाहरण हो। तसर्थ तपाईंको सानो आन्द्रामा पुगेको ९०% मृत प्रोटिन -अपच एको मासुको अंश) त्यहिं कुहिन्छ त्यो कुहिएको अंशको २०% भाग रक्तसंचार प्रणालीमा प्रवेश गर्दछ जो घातक रोगहरु निम्त्याउनका निम्ति परिपूर्ण हुन्छ

शरीरमा सोसिएको केहि अंशलाई कलेजोले टुक्र्याएर युरिया युरिक एसिडमा परिवर्तन गर्दछ मृगौलाको सहायतामा पिसावका माध्यमले ति पदार्थहरुलाई शरीरबाट बाहिर पठाइन्छ जनावरबाट आउने प्रोटिनको निरन्तर प्रयोगले कलेजोको पित्त थैलीमा पत्थरी हुने संभावना अत्याधिक हुन्छ यसले कलेजोले बिषाक्त पदार्थहरुलाई टुक्र्याएर शरीरबाट बाहिर पठाउने प्रकृयामा बाधा पुर्यांउछ अथवा कलेजोको कार्यक्षमतामा कमि ल्याउंछ कलेजोले शरीरमा अति नै महत्वपूर्ण ५०० भन्दा धेरै कार्य गर्दछ

प्रोटिन खाद्य पदार्थहरु अत्याधिक अम्लिय रगतलाई धेरै बाक्लो बनाउने खालका हुन्छन्। जब यि रक्त्तसंचार प्रणालीमा आउंछन्, यिनिहरुले अवश्य नै रगतलाई बाक्लो बनाइदिन्छन्। हृदयघातको खतरालाई घटाउन शरीरले ति प्रोटिनका कणहरुलाई आसपासका कोषहरुमा लगेर थुपारिदिन्छन। यसकारण रगत पातलो हुन्छ तत्कालिन खतरनाक हृदयरोगबाट बचाउंछ तर कालान्तरमा ति को वरिपरि थुपारिएका प्रोटिनले  अंतरकोषिय​ तरल पदार्थलाई बाक्लो लेदोमा परिवर्तन गरिदिन्छन जसका कारणले कोका प्रवेश द्वार बन्द हुंदै जान्छन्। यसले गर्दा कोलाई कार्य गर्न चाहिने अति महत्वपूर्ण पोषण तत्वहरुले कोमा प्रवेश गर्न सक्दैनन पोषण अभावले कोहरु मर्ने संभावना अत्याधिक रहन्छ

शरीरले कसरी सामना गर्छ ?

शरीरले को बचाउनका निम्ति अत्यन्तै चलाखिपूर्ण तरिकाले अति नै जटिल खालको प्रकृया अपनाउन थाल्दछ अंतरकोषिय​ तरल पदार्थबाट थुपारिएको प्रोटिन हटाउनका निम्ति शरीरले ति प्रोटिनहरुलाई कोलाजिन नामक तन्तुमा परिणत गर्न सुरु गर्दछ जो १००% प्रोटिन हो। यो स्वतस्फुर्त प्रकृयामा शरीरले आँफै सूक्ष्म रुपमा धमनी, नशा एवं कोका  भित्तामा प्रोटिन बनाउन सक्दछ। यसरी ति भित्ताहरुमा प्रोटिन बन्दै जांदा ति सूक्ष्म धमनी एवं कोका भित्ताहरु गुणा धेरै बाक्लो हुन सक्छन्। यसरी कोलाजिन फाइवरको मात्रा बढ्दै जांदा ति रौँ जस्ता सूक्ष्म क्यापिलरीका भित्ताहरु एक पटक भरिन्छन त्यहाँ पनि शरीरले त्यहि पुरानै जटिल प्रकृया सुरु गर्दछ यो हुंदै जांदा धमनीका भित्ताहरु साह्रो हुंदै जान्छन अन्तिममा उच्च कोलेस्ट्रोल, हृदय घात, अचानक घात, रक्तचाप जस्ता अनेकौँ मुटुरोगहरुलाई निमन्त्रणा दिन्छन्। त्यस्तै कलेजोको कार्यक्षमतामा कमि आउनाले शरीरमा अनेकौँ समस्याहरु पनि देखिन थाल्दछन

अब शरीरले अझ ठूलो चुनौतीको सामना गर्नुपर्ने हुन्छ क्यापिलारीका मोटा भित्ताहरु (अथवा धमनी) कोमा पोषण तत्व पुर्याउनमा बाधक बनिदिन्छन्। धमनीले बढ्दो रुपमा अक्सिजन, ग्लुकोज एवं पानीलाई प्रोटिनका बाक्लो छेकबारबाट प्रवेश गर्नमा रोक लगाउंछन्, जसकारणले कोहरु महत्वपूर्ण पोषण तत्वहरुबाट वन्चित रहन्छन्। अत्यन्तै कम ग्लुकोज मात्र कोसम्म प्रवेश गर्न सक्दछ यसले गर्दा शरीरमा मेटाबोलिजम (शरीरमा रसायनिक परिवर्तन हुने प्रकृया) क्षमतामा ह्रास आउनुका साथ साथै कोको फोहोर उत्पादनमा समेत वृद्दि हुन्छ

धमनीहरु टम्म भरिनुका साथै अर्को जटिल समस्या पनि देखा पर्छ अतिरिक्त प्रोटिनहरु लिम्फ्याटिक डक्ट -कोहरुबाट फोहोर निकाल्ने गांठा एवं ग्रन्थीहरु)मा जम्मा हुन थाल्दछन जसले प्रत्येक क्यापिलारीहरु संगै सहकार्य गर्दछन्। लिम्फ डक्ट एवं लिम्फका ग्रन्थीहरु कोबाट निस्केका फोहोर पदार्थहरुलाई हटाउन एवं बिषाक्त पदार्थहरुलाई निष्कृय पार्ने भूमिका निभाउंछन्। यसका साथ साथै जो दैनिक मर्ने ३० करोड कोका भग्नावषेसलाई पनि हटाउने कार्य गर्दछन को प्रोटिनले नै बनेको हुने त्यसकारणले मरेका कोहरुमा पनि पुरानो प्रोटिन रहेको हुन्छ शरीरमा कोका प्रोटिनसंगै माछा मासु, अण्डा, एवं दुध दहीको सेवनले आएको अन्य प्रोटिनको भार समेत उठाउनुपर्नाले लिम्फ्याटिक प्रणालीमा अत्याधिक बाधा पर्ने सोको कारण लिम्फको गति रोकिने, त्यस कारणले दुषित तरल पुनः जीवित को एवं धमनीहरुमै धारण हुने हुन्छ परिणाम स्वरुप, दुषित पदार्थ हटाउन निष्कृय पार्न लिम्फ्याटिक प्रणाली असमर्थ रहन्छ। फल स्वरुप को वरीपरि रहने तरल पदार्थमा मेटाबोलिक प्रकृयामार्फत निस्केको फोहोर दुषित पदार्थ अत्याधिक मात्रामा वृद्दि हुन्छ

निसास्सिन सुरु

को वरीपरिको वातावरणमा फोहोरको मात्रामा वृद्दि हुनाले कोलाई  अक्सिजन एवं अन्य महत्वपूर्ण पोषण तत्वहरुको कमि मात्रै होइन, उनीहरु आफ्नै फोहोरले पनि निसास्सिन थालिसकेका हुन्छन्। कोको वातावरणमा आएको नाटकिय परिवर्तनले कोले असामान्य कोशलाई जन्म दिनुको विकल्प अन्य केहि रहदैन

कोशमा आउने परिवर्तन कुनै जिन ( सन्तान जन्माउने शुक्राणुमा हुने तत्व)मा आएको खराबीले ल्याएको प्रतिकुल अवस्थाले हुने होइन जिन आफैमा विना कारण केहि परिवर्तन आउँदैन जिनमा त्यस्तो गर्न सक्ने कुनै क्षमता हुंदैन उनीहरुको कार्य भनेको कोशले नयाँ कोश निर्माण गर्नुमा मात्रै हुन्छ तर जब कोको वातावरणमा ठूलो परिवर्तन आउंछ, तब कोको वंशाणुगत खाकामा पनि परिवर्तन आउंछ अनौठो रुपमा कोको वातावरणमा आएको अक्सिजनको कमिले गर्दा  अतिआवश्यक जिनले नयाँ खाका तयार पार्दछन जसले उनीहरुलाइ बिना अक्सिजन पनि बांच्न सक्ने बनाउंछन ति खाकामार्फत निर्माण एका कोहरुले मेटाबोलिक फोहोरलाई नै शक्तिका लागि प्रयोग गर्न सक्ने बन्दछन्। परिवर्तित कोहरुले फोहोरलाई नै मेटाबोलाइज गर्न सक्छन शक्ति उत्पादन गरि आफ्नो आवश्यकता पुरा गर्दछन यस्तो अप्राकृतिक मेटाबोलिजमका धेरै खतराहरु हुन्छन, जस्तै शरीरमा एक्कासि परिवर्तन आएर कुनै अङ्गमा अथवा रगतमा घातक बिष घोलिनु।


यसरी मांसाहार गर्नाले मानवलाई क्यान्सर हुने संभावना अत्याधिक रहन्छ यसका साथै पाचन प्रणालीमा समस्या, पित्त थैलीमा समस्या, कलेजोमा समस्या जस्ता अनेकौँ समस्याहरुसंग लड्नु भन्दा शाकाहारी जीवनशैली अपनाऔँ। यि भौतिक क्षतिका साथ साथै मांसाहारका अनेकौँ अध्यात्मिक  क्षतिहरु पनि रहेका छन। यदि हामीले पशुको हत्या गरेर आफ्नो घरमा ल्याएर त्यसको सेवन गर्छौँ भने हामीले त्यसको फलस्वरुप अनेकौँ नराम्रा कर्मका फल पनि भोग्नुपर्ने हुन्छ जसको कल्पना पनि हामी गर्न सक्दैनौ। त्यसैले मानविय पथ अपनाऔ। आफ्नो थालमा शाकाहारी भोजनलाई स्थान दिने गरौँ।