Featured Post
बर्बरता
बर्बरता मिलनका निम्ति आउदै नआउनु तिमी सम्भावनाका कुनै घडी छैनन हामीसँग बरू बचेर जानु कतै हामीले लगाएको बर्बरता ले तिम्रो गुलावी मुटु न...
Monday, July 31, 2017
सुर्य, नदी र म
सुर्य, नदी र म
अनि हाम्रो अनन्तकोटि सम्बन्ध
ब्रह्ममुहुर्तमा सुर्यसंगै उदाएर
सुसांउदै बगेकि कालीगङ्गासंगै
जीवनका अनगिन्ति बगैंचामा
जिवन्तताका पुष्प फैलाएर
एक दिन
र एक दिन
सन्ध्यामा तेज गुमाएर
क्षितिजमा हराएको सुर्यझैं
चिर समाधी र अग्नीको अंगालोबाट
कालीगङ्गाको स्नेहशिल कोखमा समाहित हुन्छु
अनि पुन
ब्रह्ममुहुर्तको तेज किरणसंगै
हिमलयबाट मूल फुटेका
ति जलधारासरि
म पुन उदाउने छु
आखिर युगौँ युगसम्म धर्तीमा
प्रकाशका चक्र चलायमान राख्नु जो छ
जलधारा बहाउँदै
जीवन्तताका पुष्प जो फैलाउनु छ
सुर्य, नदी र मेरो संबन्ध अमर जो तुल्याउनु छ
Subscribe to:
Posts (Atom)