खोज पत्रकार रबि लामिछानेसंग यति धेरै जनभावना जोडिनु स्वभाविक देखिन्छ किन भनेः
१) सरकारी कर्मचारीले गर्नुपर्ने काम पनि नगर्ने र कार्यलयमा बिचौलिया खडा गरेर उनीहरुमार्फत कमिसन खाएर मात्र काम गरिदिने परिपार्टिसंग दिक्दार भैसकेका जनताहरुको आवाज रबि लामिछानेले उठाउन थाले( रबिन्द्र मिश्र दाइको एउटा लेखमा पढेको, यातायात कार्यालयमा सामान्य नागरिक सरह लाइनमा बसेर लाइसेन्स नविकरण गर्न लाग्दा विचौलिया आएर हामी १ घण्टामै गरिदिन्छौ भन्नु, तर आम जनतालाई दिनभरी नभएर अनेक दिन धाउनुपरेको कारण उल्लेख, सामान्य काममा पनि घुस र भ्रष्टाचार नभै नहुने)
२) सरकारी जागिरमा नाम निकालिदिने, लोकसेवामा नाम निकालिदिने अथवा विदेशमा जागिर लगाइदिने भनेर गोप्य रुपमा पैसा उठाउने र ति गरीब जनता जसलाई यिनिहरुले घरबार बिहिन बनाए, तिनिहरुको आवाज बने रबि (पोखरामा १ जना सरकारी कार्यालयका व्यक्तिले एक गरिब परिवारको व्यक्तिसंग लोकसेवामा नाम निकालिदिने भनेर १ लाख नगद घुस लिएको, यस्ता घटना र ठगिबाट लगभग जीवनमा एकपल्ट न एकपल्ट सबै आम नागरिक गुज्रोएकै छन्। यो हरेक नागरिकको भोगाई हो।)
३) बिकासका पुर्वाधारहरु बिकासमा असारे बिकासको निति लिएर काम गर्ने भ्रष्टाचारी कर्मचारी, ठग ठेकेदार र जनप्रतिनिधीहरुका कारणले सधैँ दुःख पाएर आजित बनेका जनताहरुको आवाज बने रबि (बिदेशमा फंसेका व्यक्तिहरुलाई रबि मार्फत सहयोग)
४) स्थानिय तह देखि केन्द्रिय तहसम्म भएको व्यतिथि, भ्र्ष्टाचारबाट आजित बनेका तर त्यसका विरुद्द केहि बोल्न नसकेका समाजकोआवाज बने रबि
५) सिमानामा भारतको हेपाई र लुटपाट अनि सिमा अतिक्रमण बाट आजित बनेका जनताहरुको आवाज बने रबि
६) नाफाखोर व्यपारी, चरम गरिबी र मुल्यवृद्दिदेखि आजित भएका जनताहरुको आवाज बनेर बोले रबि लामिछाने।
अन्य धेरै घटनाक्रमहरु यस्तै छन्। हुन त रबि केवल एक सामान्य पत्रकार हुन। सामान्य पत्रकार भएकै बलमा यति धेरै जनभावना रबिसंग आउनु भनेको कुनै सामान्य घटना हो जस्तो मलाई लाग्दैन। राम र कृष्ण जादु देखाएर र कसैलाई मारेर भगवान भएका होइनन, जसले राम्रो काम गर्यो, त्यसलाई इश्वर मान्ने रहेछ समाजले। अहिले रबि लामिछानेको कुरा पनि त्यस्तै छ।
माथि उल्लेख गरिएका सबै बेतिथिहरु बिरुद्द राज्य व्यवस्था, जनप्रतिनिधि, मन्त्रि, प्रधानमन्त्री, राष्ट्रपति, नेताहरु लागेर त्यसको समाधान गर्नुपर्ने हो। तर त्यसको ठिक विपरित, राज्य व्यवस्था, जनप्रतिनिधि मन्त्रि प्रधानमन्त्रीहरुनै वेतिथीको विरुद्द बोल्दैनन बरु उल्टै स्वयंनै त्यस व्यतिथिको एक कारक तत्वको रुपमा स्थापित छन्। गरे के नहुने छ र? के एउटा पत्रकार मात्र लागि परेर सबै देशमा परिवर्तन आउने हो र? पत्रकारले बोलेको भरमा मात्रै सबै जिम्मेवारी बन्ने भन्ने पनि कतै लेखिएको छैन। प्रष्ट देखिन्छ, राज्य व्यवस्था जनताको हितको लागि काम गरेको छैन। युगौँदेखिको चरम भ्रष्टाचारसंग आजित भएर गरिबी, बेरोजगारीमा पिल्सिएका जनताका लागि आवाज उठाउने मान्छे जनताको आँखामा भगवानसमान हुनु कुनै ठूलो कुरा होइन।
नापी कार्यालयमा महिनौदेखि लाइनमा लाग्न परिरहेको देख्न सकिन्छ, मालपोतमा त्यस्तै छ, यातायातमा व्यतिथि, प्रसासन कार्यालय, कर कार्यालय, राजस्व कार्यालय, भन्सार कार्यालय, लोक सेवा आयोग, नगरपालिका हरेक ठाउँको बेतिथि देखेर र भोगेर जनता दिक्दार भएका हुन। प्रतिनिधी पात्रको रुपमा रबि देखिए पनि यो जनभावना राष्ट्रिय व्यतिथिको विरुद्द हो, यो जनताको क्रन्दन भ्रष्टाचार बिरुद्द हो, बेरोजगारी, बढ्दो युवा पलायन बिरुद्द हो। वास्तविकताको गहिराइमा ओर्लिएर त्यसलाई नजिक बाट चिनेर राष्ट्र र जनताको हितमा काम गर्ने व्यवस्था बनाउने र त्यसलाई राम्रोसंग कार्वान्यवनमा ल्याउने हो भने गरे के हुदैन र? देश विकास चुस्त दिर्घकालिन र जनहितकारी व्यवस्थाले भएको छ, समानान्तर कानुन र सामुहिक दिर्घकालिन जनहितकारी निर्णय र कार्यहरुले भएका छन भने हाम्रो देशमा किन त्यो हुन सकिरहेको छैन।
व्यक्ति हजार राम्रो काम गरे पनि एउटा नराम्रो कामले व्यक्तिलाई पतनको चरमशिमामा पुर्याउन सक्छ। रबिमार्फत अपराध भएको रहेछ भने रबिले सजाय पाउनु नै पर्छ, तर भएको रहेनछ भने उ त मुक्त हुन पर्यो।रबि लामिछानेले जसरी न्यान पाउनु जरुरी छ त्यसरि नै त्यहि न्याय मृतक पत्रकार शालिकराम पुडासैनी र उनको परिवारले पनि पाउन जरुरी छ। न्यायको दृष्टिमा सबै बराबर छौँ।
जे भए नभए पनि राज्यमा व्यक्तिको हैकमले पहुँचवालाहरुको पहुँचले, धनाढ्यहरुको इच्चाले, बलियो नेताको स्वःइच्छाले राज्य व्यवस्था चल्नुभएन, त्यो भन्दा बरु कानुन र व्यवस्थाले राज्य चल्ने वातावरण बन्नुपर्यो, राज्यमा रहेका तमाम जनसमस्याहरु उचित र दिर्घकालिन व्यवस्थापनले समाधान गरेर जनतालाई सेवा, सुविधा र सुरक्षा दिनुपर्यो र देशको स्वाधिनताको रक्षा हुनुपर्यो। यो भए न नागरिक राज्य व्यवस्थादेखि आजित हुने थिए, न हामीलाई रबि लामिछाने जस्तो पत्रकार नै चाहिन्थियो।चुनावमा मासु-भात, रक्सि
र पेट्रोलको रिति पनि अन्त्य हुन्थ्यो। जनता त्यसै खुसी, नेता त्यसै मख्ख हुने थिए।
Featured Post
बर्बरता
बर्बरता मिलनका निम्ति आउदै नआउनु तिमी सम्भावनाका कुनै घडी छैनन हामीसँग बरू बचेर जानु कतै हामीले लगाएको बर्बरता ले तिम्रो गुलावी मुटु न...
Tuesday, August 20, 2019
Saturday, August 3, 2019
धर्म सम्बाद
महाभारत युद्द समाप्त भैसकेको थियो। युद्दभूमि वरपर योद्दाहरुको च्यातिएको वस्त्र, मुकुट, टुटेका शस्त्र, भाँचिएका रथहरुका टुक्रा, चक्का आदि छरिएको थियो र वायुमण्डलमा घोर निराशापन छाएको थियो। गिद्द, कुकुर र स्यालहरुको निराश र डर लाग्दो आवाजहरुका बिच त्यो निर्जन भैसकेको भूमिमा द्वापरका सबै भन्दा महान योद्दा देवब्रत भीष्म अर्जुनले बनाएको बाणको खाटमाथि सुतेर सूर्यको उत्तरायण हुने एक्लै प्रतिक्षा गरिरहेका थिए। त्यहि समयमा उनको कानमा एक परिचित ध्वनि एक अलग्गै मिठासका साथ आयो,"नमस्कार पितामह"
भिष्मको सुकेको ओठमा एउटा मरिसकेको मुस्कान आयो र भने,"आउ देवकीनन्दन, तिमीलाई स्वातग छ, म लामो समय देखि तिम्रै प्रतिक्षा गरिरहेको थिएँ।
कृष्ण-"के भनौ पितामह!, अब त आरामै हुनुहुन्छ भनेर सोध्न पनि सक्दिन?"
भीष्म- (केहि क्षण चुप लागेर) पुत्र युधिष्ठिरको राज्याभिषेक गराइसक्नुभयो केशव? युधिष्ठिरको ख्याल गर्नु, परिवारमा बुढाहरुबाट रिक्त भैसकेको राजप्रसादमा अब तिनलाई तिम्रै धेरै आवश्यक छ।"
कृष्ण केहि बोल्दैनन्।
भीष्मले फेरि भन्छन्-" केहि सोधौँ केशव? धेरै राम्रो समयमा आएका छौ, सम्भवतः धर्ति छोड्नुपूर्व मेरा अनेकौँ भ्रमहरु समाप्त हुने छन्।"
कृष्ण- "सोध्नुहोस न पितामह!"
भीष्म-" एउटा कुरा भन्नुहोस्, हजुर त ईश्वर हुनुहुन्छ नि प्रभु। होइन र?"
कृष्ण-(बिचमै बोल्नुहुन्छ) "होइन नि पितामह!, म ईश्वर होइन, म त हजुरकै नाति हुँ पितामह, ईश्वर होइन।"
भीष्म त्यस्तो घोर पिडामा पनि मज्जाले हाँसे
भीष्म- "आफ्नो जीवनलाई कहिल्यै पनि मुल्याङ्कन गर्न सकिन, त्यसैले जान्दिन कि यो सहि हो कि गलत। तर अब त यो धर्तिबाट जाँदै छु कृष्ण, अब त ठग्न छोडिदेउ न?"
कृष्ण सर्किएर भीष्म पितामहको नजिकै आउँछन
कृष्ण-(पितामहको हात समातेर सोध्छन) "भन्नुहोस न पितामह!"
भीष्म-" एउटा कुरा भन कन्हैया! यो युद्दमा जे भयो के त्यो ठीक भयो र?"
कृष्ण-"को तर्फ पितामह? पाण्डवको तर्फ बाट?"
भीष्म-"कौरवहरुको कृत्यमाथि चर्चा गरेर अब के फाइदा माधव, तर पाण्डवहरुका तर्फबाट जे भयो त्यो वास्तवमा सहि थियो? आचार्य द्रोणको बध, दुर्योधनको जांघतल प्रहार गर्नु, दुःशासनको छाती चिर्नु, जयद्रथ माथिको छल, असाहाय कर्णको बध, के सबै ठीकै थियो? के यो सबै उचित थियो?"
कृष्ण-"यसको उत्तर म कसरी दिन सक्छु र पितामह? यो सबैको उत्तर त तिनीहरुले दिनुपर्छ जसले यो सबै घटाए। उत्तर दुर्योधनको बध गर्ने भिमले दिनुपर्छ, कर्ण र जयद्रथलाई बध गर्ने अर्जुनले दिनुपर्छ, म त यो युद्दमा कतै पनि त थीइन पितामह!"
भीष्म-"अझै छल्न छोड्दैनौ त माधव? महाभारत अर्जुनले र भिमले जितेको भनेर विश्वले माने पनि मैले जानेको छु कि यो केवल तिम्रो एक्लो विजय हो। म त उत्तर तिमीलाई नै सोध्छु नि कृष्ण!"
कृष्ण-" त्यसो भए सुन्नुहोस पितामह! केहि गलत भएको छैन, केहि अनैतिक भएको छैन। त्यहि भयो जे हुनुपर्ने थियो।"
भीष्म-"यो तिमीले नै भनिरहेका छौ केशव? मर्यादा पुरुषोत्तम रामका अवतार कृष्णले यो भनिरहेको छ? यो छल त कहिल्यै हाम्रो सनातन संस्कारको अंग थिएन, तर पनि यो उचित कसरि भयो?"
कृष्ण-"इतिहासबाट शिक्षा लिने गरिन्छ पितामह, तर निर्णय वर्तमानको घटनाक्रम र परिस्थितिहरुका आधारमा लिनुपर्छ। हरेक युगले आफ्नो तर्क र आफ्नो आवश्यकताका अनुसार आफ्नो नायक रोज्छ। राम त्रेता युगका नायक थिए, मेरो भागमा द्वापर आयो। हामी दुवैको निर्णय एक समान हुन सक्दैन पितामह।"
भीष्म-" बुझ्न सकिन कृष्ण! अझै गहिरिएर सम्झाउ त॥॥"
कृष्ण-" राम र कृष्णको परिस्थितिहरुमा धेरै अंतर छ पितामह! रामको युगमा खलनायक पनि रावण जस्तो शिवभक्त हुने गर्थे। तर रावण जस्तो नकारात्मक शक्तिको परिवारमा पनि विभीषण र कुम्भकर्ण जस्ता सन्त हुने गर्थे। बाली जस्तो खलनायकको परिवारमा पनि तारा जस्ति विदुषी स्त्रि र अंगत जस्ता सज्जन पुत्र हुने गर्थे। त्यो युगमा खलनायकसंग पनि धर्मको ज्ञान हुने गर्थ्यो। त्यसैले रामले तिनीहरु संग कतै छल गर्नुभएन। तर मेरो युगको भागमा कंस, जरासन्ध, दुर्योधन, दुःशासन, शकुनी, जयद्रथ जस्ता घोर पापी आए। उनीहरुको समाप्तिका लागि हर छल उचित थियो पितामह। पापको अन्त्य आवश्यक हो पितामह, चाहे त्यो जुन सुकै विधिबाट होस्।"
भीष्म-"त्यसो भए तिम्रो यो निर्णयले गलत परम्पराहरु सुरुवात होलान नि त केशव? भविष्यमा तिम्रो छलको अनुशरण होला नि त? यदि गर्यो भने के यो उचित हुनेछ त?"
कृष्ण- "भविष्य त यो भन्दा धेरै नकारात्मक आउने वाला छ पितामह। कलियुगमा त यतिले पनि काम छल्दैन।त्यहाँ मानव कृष्ण भन्दा धेरै कठोर हुन जरुरी छ। अन्यथा धर्म समाप्त हुने छ। जब क्रुर र अनैतिक शक्तिहरुले धर्मको समुल नाश गर्नका लागि आक्रमण गर्दछन भने त्यति बेला नैतिकता अर्थहिन हुन जान्छ पितामह! त्यति बेला विजय मात्रै महत्वपूर्ण हुन्छ, केवल विजय। भविष्यले यहि सिक्नुपर्ने हुन्छ पितामह।"
भीष्म-" के धर्म पनि नाश हुन सक्छ र केशव? यदि धर्म नाश हुनु नै छ भने के यसलाई मानवले रोक्न सक्लान त?"
कृष्ण-" सबै जिम्मेवारी ईश्वरको हातमा छोडेर बस्नु मूर्खता हो पितामह। ईश्वर स्वयंले केहि गर्दैनन्, सबै मनुष्यले नै गर्नुपर्छ। हजुरले मलाई पनि ईश्वर भन्नुहुन्छ नि! त्यसो भए भन्नुहोस न पितामह, मैले स्वयं यो युद्दमा केहि गरेँ त? सबै पाण्डवहरुले नै गर्नुपर्यो नि? यहि प्रकृतिको संविधान हो। युद्दको पहिलो दिन मैले अर्जुनलाई यहि कुरा भनेको थिएँ। यहि परम सत्य हो पितामह।"
भीष्म अब सन्तुष्ट थिए। उनका आँखा बिस्तारै-बिस्तारै बन्द हुँदै थिए।
भीष्म-" हुन्छ कृष्ण! यो धर्तिमा यो अन्तिम रात्रि हो, भोलि सम्भवतः जानुपर्ने छ, आफ्नो यो अभागी भक्तमाथि कृपा गर्नु कृष्ण!"
कृष्णले मनमनै केहि भन्नुभयो र भिष्मलाई अन्तिम पटक प्रणाम गरेर लाग्नुभयो, तर युद्दभूमिको त्यो डर लाग्दो अंधकारमा भविष्यका लागि जीवनको सबै भन्दा ठूलो सुत्र प्राप्त भैसकेको थियो।
====================
जब अनैतिक र क्रुर शक्तिहरुले धर्म विनाशका लागि आक्रमण गर्दछन, त्यति बेला नैतिकता आत्मघाती हुन्छ।
====================
Source
(B S Chauhan Page बाट अनुवाद गरिएको)
(https://www.facebook.com/bschauhan09/posts/2336727909980490?__tn__=K-R )

Subscribe to:
Posts (Atom)