खोज पत्रकार रबि लामिछानेसंग यति धेरै जनभावना जोडिनु स्वभाविक देखिन्छ किन भनेः
१) सरकारी कर्मचारीले गर्नुपर्ने काम पनि नगर्ने र कार्यलयमा बिचौलिया खडा गरेर उनीहरुमार्फत कमिसन खाएर मात्र काम गरिदिने परिपार्टिसंग दिक्दार भैसकेका जनताहरुको आवाज रबि लामिछानेले उठाउन थाले( रबिन्द्र मिश्र दाइको एउटा लेखमा पढेको, यातायात कार्यालयमा सामान्य नागरिक सरह लाइनमा बसेर लाइसेन्स नविकरण गर्न लाग्दा विचौलिया आएर हामी १ घण्टामै गरिदिन्छौ भन्नु, तर आम जनतालाई दिनभरी नभएर अनेक दिन धाउनुपरेको कारण उल्लेख, सामान्य काममा पनि घुस र भ्रष्टाचार नभै नहुने)
२) सरकारी जागिरमा नाम निकालिदिने, लोकसेवामा नाम निकालिदिने अथवा विदेशमा जागिर लगाइदिने भनेर गोप्य रुपमा पैसा उठाउने र ति गरीब जनता जसलाई यिनिहरुले घरबार बिहिन बनाए, तिनिहरुको आवाज बने रबि (पोखरामा १ जना सरकारी कार्यालयका व्यक्तिले एक गरिब परिवारको व्यक्तिसंग लोकसेवामा नाम निकालिदिने भनेर १ लाख नगद घुस लिएको, यस्ता घटना र ठगिबाट लगभग जीवनमा एकपल्ट न एकपल्ट सबै आम नागरिक गुज्रोएकै छन्। यो हरेक नागरिकको भोगाई हो।)
३) बिकासका पुर्वाधारहरु बिकासमा असारे बिकासको निति लिएर काम गर्ने भ्रष्टाचारी कर्मचारी, ठग ठेकेदार र जनप्रतिनिधीहरुका कारणले सधैँ दुःख पाएर आजित बनेका जनताहरुको आवाज बने रबि (बिदेशमा फंसेका व्यक्तिहरुलाई रबि मार्फत सहयोग)
४) स्थानिय तह देखि केन्द्रिय तहसम्म भएको व्यतिथि, भ्र्ष्टाचारबाट आजित बनेका तर त्यसका विरुद्द केहि बोल्न नसकेका समाजकोआवाज बने रबि
५) सिमानामा भारतको हेपाई र लुटपाट अनि सिमा अतिक्रमण बाट आजित बनेका जनताहरुको आवाज बने रबि
६) नाफाखोर व्यपारी, चरम गरिबी र मुल्यवृद्दिदेखि आजित भएका जनताहरुको आवाज बनेर बोले रबि लामिछाने।
अन्य धेरै घटनाक्रमहरु यस्तै छन्। हुन त रबि केवल एक सामान्य पत्रकार हुन। सामान्य पत्रकार भएकै बलमा यति धेरै जनभावना रबिसंग आउनु भनेको कुनै सामान्य घटना हो जस्तो मलाई लाग्दैन। राम र कृष्ण जादु देखाएर र कसैलाई मारेर भगवान भएका होइनन, जसले राम्रो काम गर्यो, त्यसलाई इश्वर मान्ने रहेछ समाजले। अहिले रबि लामिछानेको कुरा पनि त्यस्तै छ।
माथि उल्लेख गरिएका सबै बेतिथिहरु बिरुद्द राज्य व्यवस्था, जनप्रतिनिधि, मन्त्रि, प्रधानमन्त्री, राष्ट्रपति, नेताहरु लागेर त्यसको समाधान गर्नुपर्ने हो। तर त्यसको ठिक विपरित, राज्य व्यवस्था, जनप्रतिनिधि मन्त्रि प्रधानमन्त्रीहरुनै वेतिथीको विरुद्द बोल्दैनन बरु उल्टै स्वयंनै त्यस व्यतिथिको एक कारक तत्वको रुपमा स्थापित छन्। गरे के नहुने छ र? के एउटा पत्रकार मात्र लागि परेर सबै देशमा परिवर्तन आउने हो र? पत्रकारले बोलेको भरमा मात्रै सबै जिम्मेवारी बन्ने भन्ने पनि कतै लेखिएको छैन। प्रष्ट देखिन्छ, राज्य व्यवस्था जनताको हितको लागि काम गरेको छैन। युगौँदेखिको चरम भ्रष्टाचारसंग आजित भएर गरिबी, बेरोजगारीमा पिल्सिएका जनताका लागि आवाज उठाउने मान्छे जनताको आँखामा भगवानसमान हुनु कुनै ठूलो कुरा होइन।
नापी कार्यालयमा महिनौदेखि लाइनमा लाग्न परिरहेको देख्न सकिन्छ, मालपोतमा त्यस्तै छ, यातायातमा व्यतिथि, प्रसासन कार्यालय, कर कार्यालय, राजस्व कार्यालय, भन्सार कार्यालय, लोक सेवा आयोग, नगरपालिका हरेक ठाउँको बेतिथि देखेर र भोगेर जनता दिक्दार भएका हुन। प्रतिनिधी पात्रको रुपमा रबि देखिए पनि यो जनभावना राष्ट्रिय व्यतिथिको विरुद्द हो, यो जनताको क्रन्दन भ्रष्टाचार बिरुद्द हो, बेरोजगारी, बढ्दो युवा पलायन बिरुद्द हो। वास्तविकताको गहिराइमा ओर्लिएर त्यसलाई नजिक बाट चिनेर राष्ट्र र जनताको हितमा काम गर्ने व्यवस्था बनाउने र त्यसलाई राम्रोसंग कार्वान्यवनमा ल्याउने हो भने गरे के हुदैन र? देश विकास चुस्त दिर्घकालिन र जनहितकारी व्यवस्थाले भएको छ, समानान्तर कानुन र सामुहिक दिर्घकालिन जनहितकारी निर्णय र कार्यहरुले भएका छन भने हाम्रो देशमा किन त्यो हुन सकिरहेको छैन।
व्यक्ति हजार राम्रो काम गरे पनि एउटा नराम्रो कामले व्यक्तिलाई पतनको चरमशिमामा पुर्याउन सक्छ। रबिमार्फत अपराध भएको रहेछ भने रबिले सजाय पाउनु नै पर्छ, तर भएको रहेनछ भने उ त मुक्त हुन पर्यो।रबि लामिछानेले जसरी न्यान पाउनु जरुरी छ त्यसरि नै त्यहि न्याय मृतक पत्रकार शालिकराम पुडासैनी र उनको परिवारले पनि पाउन जरुरी छ। न्यायको दृष्टिमा सबै बराबर छौँ।
जे भए नभए पनि राज्यमा व्यक्तिको हैकमले पहुँचवालाहरुको पहुँचले, धनाढ्यहरुको इच्चाले, बलियो नेताको स्वःइच्छाले राज्य व्यवस्था चल्नुभएन, त्यो भन्दा बरु कानुन र व्यवस्थाले राज्य चल्ने वातावरण बन्नुपर्यो, राज्यमा रहेका तमाम जनसमस्याहरु उचित र दिर्घकालिन व्यवस्थापनले समाधान गरेर जनतालाई सेवा, सुविधा र सुरक्षा दिनुपर्यो र देशको स्वाधिनताको रक्षा हुनुपर्यो। यो भए न नागरिक राज्य व्यवस्थादेखि आजित हुने थिए, न हामीलाई रबि लामिछाने जस्तो पत्रकार नै चाहिन्थियो।चुनावमा मासु-भात, रक्सि
र पेट्रोलको रिति पनि अन्त्य हुन्थ्यो। जनता त्यसै खुसी, नेता त्यसै मख्ख हुने थिए।
No comments:
Post a Comment