Featured Post

बर्बरता

 बर्बरता मिलनका निम्ति  आउदै नआउनु तिमी सम्भावनाका कुनै घडी छैनन हामीसँग​ बरू बचेर जानु  कतै  हामीले लगाएको बर्बरता ले  तिम्रो गुलावी मुटु न...

Saturday, February 15, 2020

तिमी र म​



हामी दुई किनार थियौँ
एक अर्कातर्फ
फर्किएका
बिचमा चिसो नदी
हामीबिच​
कहिले बर्खाको भेलले दुरी बढाउँथ्यो
त कहिले
हिँउदको हुस्सुले हाम्रो आँखा छेकिदिन्थ्यो
अन्तत​
तिमी र म​
हत्केलामा हिम्मत बोकेर​
हामीले प्रेमको बाँध लगायौँ
अनि एक भयौँ
र बाल्यौँ  बत्ती भविष्यको
भने कतै
हाम्रो कोमलाकार​
प्रेमिला शक्तिले
सन्ततीलाई
अनन्त अन्नपात फलायौँ

नदीले हाम्रो कथा लेख्यो
हामी अमर भयौँ रे
एक अर्का भित्रै