तपोभुमी नेपालमा दिनदिनै घटिरहेका बलात्कारका घटना अत्यन्तै निन्दनिय, लज्जास्पद छ। पहिले पहिले कहिं कतै चरित्रहिनताका १ अथवा २ वटा कुरा सुनिन्थे, त्यसपछि बलात्कारका घटना सुनिन थाले र अहिले सामुहिक बलात्कार, लगभग दिनदिनै जसो। कहां गैरहेको छ हाम्रो समाज? कहिले आफ्नै बाबुले छोरीलाई, कहिले हजुरबाले नातिनीलाई, कहिले दाजुभाईले दिदीबहिनीलाई। यस्ता उदाहरण अनेकौं छन्। समाज कति सम्म पतन भैसक्यो त्यसको कुनै सिमा छैन। ६ महिना पनि नपुगेका बालिकाहरु बलात्कृत हुने घटनाहरुले यहि सत्यलाई उजागर गर्छन कि अहिले हाम्रो समाज मानसिक रुपमा अपाङ्ग भैसकेको छ। सबै बिकारले ग्रसित छन्। चेतना झरेर घोडामा गएर बसिसक्यो।
यि सबै घटनाहरुको पछाडी नशाको हात छ। जांड, रक्सी, चुरोट, खैनी, गुट्का, पान, पराग, सुपारी आदि इत्यादि नशाहरुको सेवन जसले गर्छ, त्यो स्वभाविक रुपमा मानसिक रुपमा अपाङ्ग हुंदै जान्छ। गलत र सहि छुट्याउने क्षमतामा कमी आउंदै जान्छ। उसको बिचारहरु अपराधिक हुंदै जान्छन्।त्यस्ता व्यक्तिहरुमा धारण गर्ने क्षमतामा पनि कमी आउंदै जान्छ। कालान्तरमा यस्ता अपराधिक घटनाहरु लाई अञाम दिने व्यक्ति कुनै न कुनै प्रकारको नशा सेवन गर्ने नै हुन्छ। सामान्य घटनाहरुले पनि अपराधको बाटो खोलेको देख्दा यो पुष्टि हुन्छ कि संबेदनसिलता पनि गुमाइसक्यो। श्रवण शक्ति र धैर्यता पनि समाजबाट गुमिसक्यो।
त्यस्तै नशेडि, मानसिक रोगी र बिकारले ग्रसित व्यक्तिहरु नै अश्लिल खालका फिल्म, गित समाजको अगाडि पस्किन्छन । के तिनिहरुलाई त्यति पनि थाहा छैन हाम्रो बच्चा, युवाहरुमा यस्ता अश्लिल दृष्यहरुले कस्तो असर पारिरहेको छ भनेर? अश्लिलला पस्किने, नशा गर्ने एवं गराउने सबै सामाजिक अपराधी हुन।हाम्रा सन्तती एवं युवाहरुमा नशा र अश्लिलताले बिष घोलिरहेको छ र हामी प्रदर्शनमार्फत कडा कानुन र सजाय माग्छौ??? आजको समाज यस्तो छ भने अश्लिलता र नशाको वातावरणमा हुर्केका नया पुस्ता कस्ता होलान्?
जति कठोर सजाय भएको देशमा पनि अपराधिक घटनाहरु घतेकै छन्। यसको तात्पर्य के हो भने समाजलाई यदि नशामुक्त बनाइदिने हो भने यस्ता अपराधिक घटनाहरु स्वतः हराएर जानेछन्। त्यसैले यदि समाजलाई बचाउनु छ भने नशा र अश्लिलताबाट बचाउनुपर्ने छ। कानुन कडा भएर मात्रै हुंदैन। पहिला समाजलाई नशामुक्त बनाइनुपर्छ, समाज त्यसपछि आफै चेतनावान बन्छ। कडा कानुनको आवश्यकता केवल भ्रम हो। कृपया आंखा खोलौं। नशामुक्त समाज हाम्रो आवश्यकता हो। नशामुक्त समाज मात्रै चेतनावान हुन सक्दछ जसले सहि र गलत छुट्याउन सक्छ र नशामुक्त व्यक्तिहरुसंग मात्रै त्यस्तो दृढ आत्मशक्ति हुन्छ कि उनिहरु गलतका बिरुद्द जिउज्यानले लागि पर्न सक्छन र समाजलाई पतनको दिशाबाट बचाउन सक्छन्।
भगवती मानव कल्याण संगठन, नेपालले यहि तथ्य बुझेर बिगत ९ बर्ष अगाडि देखि नशामुक्त नेपालको लागि कार्य गरिरकेहो छ। मेडीया, प्रचार प्रसारबाट टाढा रहेर हरेक घर घरमा पुगेर आजसम्म हजारौ व्यक्तिहरुलाई नशामुक्त बनाईसकेको छ। भगवती मानव कल्याण संगठनका कार्यकर्ता एवं हरेक सदस्य पूर्ण रुपमा नशामुक्त, मांसाहारमुक्त एवं चरित्रवान रहंदै माता भगवतीको भक्ति गर्दै बिभिन्न अध्यात्मिक चिन्तन एवं अष्टाङ्ग योगलाई आत्मसाथ गर्दै समाजलाई पनि त्यहि मार्गमा हिंडाउन रातदिन कार्यरत छन।
Nashamukta Nepal....is getting Birth soon.
ReplyDelete