Featured Post

बर्बरता

 बर्बरता मिलनका निम्ति  आउदै नआउनु तिमी सम्भावनाका कुनै घडी छैनन हामीसँग​ बरू बचेर जानु  कतै  हामीले लगाएको बर्बरता ले  तिम्रो गुलावी मुटु न...

Tuesday, September 25, 2018

अस्तित्व​​

सदियौंदेखि
अस्तित्व जोगाएको
अविजय पहराका साम्राज्यहरु
जसलाई
आँधी-तुफान​
न त ज्वारभाटाले नै हल्लाए
सुर्यको किरण न चन्द्रको शितलताले
उसको गहिराइ भेट्टाए
बाजले सिमा नदेखेको
मुसाका सेनाले पनि छिचोल्न नसकेको
त्यो किल्लाहरुमा
युगौं युगका
करुण-पुकार र प्रार्थनाका
भूईंचालोहरुले झक्झक्याउंदा पनि
नब्युंतिएको उसैको छातीमा
चालै नपाइ
एक दिन​
बटबृक्षको एक सुक्ष्म बिज धसिन्छ​
र धसिन्छन बटबृक्षका चेतनातरङ्गहरु पनि
आफ्नै अस्तित्व मेटाइ
त्यो बिजबाट निस्किन्छ पुष्पपातहरु
र जराहरु पनि
पहराका नलिहाड र करङ्ग चिर्दै
गङ्गाका मूल फुटाउंछन​
कतै भने कतै
चिरिएका चिराहरुले प्रकाशलाइ बाटो देखाउंदै
जीवनका मार्ग प्रशस्त गर्दैछन्
गङ्गाका छालहरुसंगै
यौवन बटबृक्षका हांगाहरुबाट​
अनेकौं नयां बिजहरु
बग्दै हरेक किनारहरुमा धसिन्छन
र फैलाउंछन शितल बटबृक्षका बागहरु
जसको छहारीमा
आज मृग​-सावकहरु उफ्रि-उफ्रि
खेल्दै छन
बुद्द बुद्दत्व प्राप्त गर्न समाधीमा लिन छन
भने कतै
विश्वामित्र र वशिष्टका आश्रममा
शिक्षा लीइरहेका छन अनेकौ राम​-लक्ष्मण हरु

1 comment:

  1. निकै नै भाव पुर्णले भरिएको प्रस्तुत कविताको गहिराइमा डुब्न कोसिस गर्दा आफु पनि त्यस अस्तित्वको एक अंग मात्र हुन पाए भने मात्र पनि मानव जीवन सार्थक हुने आनुभुति भयो मलाई दाई l एकदमै धेरै गहिरो अर्थ बोकेको छ दाई तपाइको रचनामा जति पटक पढ्यो तेती नै पटक नौलो पन पाईन्छ l

    ReplyDelete