उमेरले
शरीर गलाएर
लट्ठी टेकाएको बखत
नेपथ्यका टाकुराबाट
अलिकति
बल र सास संगालेर
ओरालो लाग्छन
मेरा
हजुरबा
लड्खडाएका पाउलाई
लट्ठिका टापले अड्ड्याउँदै
मेरो हृदयका
सुमेरो पर्वत
आफ्ना सृजनाका सन्देश सुन्न
एक पल
उनैलाई अंगाल्न
चार युग पारीबाट
आइपुग्छन आँगन
म पग्लिन्छु
देख्दछु
निधारका
रेखाले आठौँ दशक दर्शाएपनि
कहिल्यै
लड्खडाउँदैनन्
मेरा हजुरबाका मायाका
डेगहरु
त्यसैले त
स्वर्गका आनन्द
बर्सिन्छन
हजुरबाको निस्फिक्र
आनन्दित छत्रछायाँमा
निस्फिक्रि मुस्कुराउँछन सन्तती
आनन्दले यहि अंगालोमा
लाग्छ
स्वर्गबाट आनन्दकि गंगा
हजुरबाको अंगालोबाटै
बग्ने गर्छिन॥॥
-त्रिभुवन ढकाल
२०।०७।२०७६
No comments:
Post a Comment