सम्झनाका
हिमचुलीहरु मध्ये
एक सगरमाथा पनि छ
जो जहिल्यै झल्किरहन्छ
मन-मष्तिस्कमा
सागरका ज्वारभाटा सरि
अनि
ब्यूँताउँछन यादका अवशेषहरु
बिल्कुलै आजै जस्तो
जहाँ
दिनभरीको थकित यात्राको अन्तिम बिन्दुमा
सुस्केरासंगै
आगनछेउ डिलमा पुग्दा
प्रेमको कल्पवृक्ष देखिन्थ्यो
बाल्यकाल र मामाघर
जहाँ
इन्द्रका चौरासी व्यञंजन नभै
हजुरआमाको
एक गास जाउलोमा तृप्ति थियो
हजुरबाको आँपे सुनेर
बगैँचा र बार्दलीको दुरी मेटिन्थ्यो
खैर
दशक भैसकेछ
जाउलो र आँपे सङ्गै बगैँचा छुटेको
के जाउलोको तृप्ति
अनि आँपेको आनन्द
फेरि फर्केलान खै?
हिमचुलीहरु मध्ये
एक सगरमाथा पनि छ
जो जहिल्यै झल्किरहन्छ
मन-मष्तिस्कमा
सागरका ज्वारभाटा सरि
अनि
ब्यूँताउँछन यादका अवशेषहरु
बिल्कुलै आजै जस्तो
जहाँ
दिनभरीको थकित यात्राको अन्तिम बिन्दुमा
सुस्केरासंगै
आगनछेउ डिलमा पुग्दा
प्रेमको कल्पवृक्ष देखिन्थ्यो
बाल्यकाल र मामाघर
जहाँ
इन्द्रका चौरासी व्यञंजन नभै
हजुरआमाको
एक गास जाउलोमा तृप्ति थियो
हजुरबाको आँपे सुनेर
बगैँचा र बार्दलीको दुरी मेटिन्थ्यो
खैर
दशक भैसकेछ
जाउलो र आँपे सङ्गै बगैँचा छुटेको
के जाउलोको तृप्ति
अनि आँपेको आनन्द
फेरि फर्केलान खै?
No comments:
Post a Comment