तिर्थयात्री
तिर्थ
जाने जोगीहरुले
मेरै पैतलामुनि बाटो खनाएछन
बाटोसंगै
बाटोमुनीको माटो
अनि
बाटोपारीको मूल पनि आफ्नै बनाए
र लिएर गए
भिक्षा जसरी
मैले न पानी पाएँ
न गोरेटो
Featured Post
बर्बरता
बर्बरता मिलनका निम्ति आउदै नआउनु तिमी सम्भावनाका कुनै घडी छैनन हामीसँग बरू बचेर जानु कतै हामीले लगाएको बर्बरता ले तिम्रो गुलावी मुटु न...
Sunday, May 17, 2020
Thursday, May 14, 2020
प्रेम
सन्जना
के तिमीलाई याद छ?
हामीले
फुटपाथमा एकपल
अपरिचित आँखाहरु जुधाएर
एक-अर्काको
प्रेमिल कल्पना बनेको
सडकमा एक हुल मोटरहरुले उडाएको धुलोमा
हामी दुबै हरायौँ
र त्यसपछि
कहिल्यै भेटेनौ एक-अर्कालाई
फगत सम्झनाका सारथीहरु
कल्पनाका पात्र न हौँ
के तिमीलाई याद छ?
हामीले
फुटपाथमा एकपल
अपरिचित आँखाहरु जुधाएर
एक-अर्काको
प्रेमिल कल्पना बनेको
सडकमा एक हुल मोटरहरुले उडाएको धुलोमा
हामी दुबै हरायौँ
र त्यसपछि
कहिल्यै भेटेनौ एक-अर्कालाई
फगत सम्झनाका सारथीहरु
कल्पनाका पात्र न हौँ
Tuesday, May 12, 2020
घडी
Monday, May 11, 2020
परिवार
एक
मुट्ठी आकाशमा खेलेका हामी
कोहि सुर्य, जुन र तारा थियौँ
एक वेग
हुरीले हामीहरुलाई बगाएर लगे
सपनाको अलग अलग किनारामा
हामीले टेक्ने
धर्ती त एउटै छ नी?
मुट्ठी आकाशमा खेलेका हामी
कोहि सुर्य, जुन र तारा थियौँ
एक वेग
हुरीले हामीहरुलाई बगाएर लगे
सपनाको अलग अलग किनारामा
हामीले टेक्ने
धर्ती त एउटै छ नी?
Saturday, May 9, 2020
जिवन बचाउनेहरु
सम्पूर्ण स्वास्थ्यकर्मीहरुमा समर्पित एक सम्मान हेतु
जिवन बचाउनेहरु
भोक र भोजन
निन्द्रा र बिछ्यौना
थकान र विश्रामको
मध्यविन्दुमा उभिएकाहरु
मृत्युले काख च्याप्नै लागेकाहरुमा
प्राण भरेर जिवन फर्काउनेहरु
मानौ
उनीहरु त्यसैका लागि हुन
अनेक पाटाहरु छुटेर आएजस्तो
उनीहरु कुनै ईश्वर होइनन
उनीहरुलाई देवत्वको कुनै आशा छैन
उनीहरुलाई
प्रतियोगिताको ताज पनि पहिरिनु छैन
उनीहरुलाई
स्वार्णिम अक्षरले
अमरता लेखाउनु पनि छैन
उनीहरु कुनै सिपाहि होइनन
तर लडिरहन्छन
हो
महाभारतका अश्विणीकुमार यिनै हुन
रामायणका सुषेन यिनै हुन
युद्द न महामारी
जिवन र मरणको संग्राममा
उभिएर
जिवन फर्काउने फ्लोरेन्स नाइटिङ्गेलहरु यिनै हुन
हो
संजिवनी बुटीको पर्वत उठाउने हनुमान यिनै हुन
केवल बचाउनका निम्ति
उनीहरुले मृत्युभूमिमा जिवनको आवश्यकता देखे
महामारीमा
साहाराका अन्तिम लाठी बने
किल्लामा लड्नेहरु त अमर भए
के
अस्पतालमा लड्नेहरुको गित कसैले गाउँदैनन्??
जिवन बचाउनेहरु
भोक र भोजन
निन्द्रा र बिछ्यौना
थकान र विश्रामको
मध्यविन्दुमा उभिएकाहरु
मृत्युले काख च्याप्नै लागेकाहरुमा
प्राण भरेर जिवन फर्काउनेहरु
मानौ
उनीहरु त्यसैका लागि हुन
अनेक पाटाहरु छुटेर आएजस्तो
उनीहरु कुनै ईश्वर होइनन
उनीहरुलाई देवत्वको कुनै आशा छैन
उनीहरुलाई
प्रतियोगिताको ताज पनि पहिरिनु छैन
उनीहरुलाई
स्वार्णिम अक्षरले
अमरता लेखाउनु पनि छैन
उनीहरु कुनै सिपाहि होइनन
तर लडिरहन्छन
हो
महाभारतका अश्विणीकुमार यिनै हुन
रामायणका सुषेन यिनै हुन
युद्द न महामारी
जिवन र मरणको संग्राममा
उभिएर
जिवन फर्काउने फ्लोरेन्स नाइटिङ्गेलहरु यिनै हुन
हो
संजिवनी बुटीको पर्वत उठाउने हनुमान यिनै हुन
केवल बचाउनका निम्ति
उनीहरुले मृत्युभूमिमा जिवनको आवश्यकता देखे
महामारीमा
साहाराका अन्तिम लाठी बने
किल्लामा लड्नेहरु त अमर भए
के
अस्पतालमा लड्नेहरुको गित कसैले गाउँदैनन्??
Monday, May 4, 2020
राजनीति
Friday, May 1, 2020
मजदुर
मजदुर दिवशको सबैलाई शुभकामना
बाबु
सम्राटका
स्वप्नहरुले
अमृतको लोभ देखाएर
भोकहरुको सैनिक निकाले
इन्द्रासनको संग्राममा
भोकाहरु मारिए
सम्राट
चक्रवर्ती भए रे
जोगीहरुले
चिरञ्जिवी र विजयी भवः सम्राटलाई भने
सायद
ईश्वरधारीहरुले धर्म बचाउन ईश्वर गुमाए
सम्राटले लेखाए
किल्ला र पानाहरुमा
भोकाहरुका रगतले
जनयुद्दका
स्वतन्त्रताका
परिवर्तनका
क्रान्तीका
बहुदलका
गणतन्त्रका
राज्यका, बिरताका र विजयका
गाथा गर्विला भनेर
कोमल मष्तिस्कका पानाहरुमा
गर्विला भनिएका ति वर्वरताका अवशेषहरुलाई
छापाखानाहरुले
हरेक बिहान छापिरहे
अमर भन्ठानेर
जीवनका मालीहरुले
पिडाले धर्तीको धाँजा फाटेको देखेर
बादलहरु रुँदा
कुटो, कोदालो
हंसिया, हतौडा
हलो, जुवा
लिएर आए
अनि लगाए छातीमा हरियालीको मलम
जीवनका खेतहरुमा
पसिनाका नहर बगाएर
अनन्त प्राणहरु उमारे
मालीका इतिहास कहिल्यै लेख्नुपरेन
उनीहरु युगौँयुग सम्म जीवन्त रहे
खैर
इतिहास त केवल मर्नेहरुको लेखिन्छ
त्यसैले बाबु
हलो र हतियारमा
हलो नै उठाउनु
हलो उठाउनेहरुले इन्द्रेणी फलाएर
सुन भित्र्याए
हतियार उठाउनेहरुले सधैँ ग्रहण देखे
किल्लाहरुलाई सोध्नु जस्ले हतियार उठाए
त्यहाँ पलपल रक्तकुण्डका चित्कार सुनिन्छन
मनहरुका प्रेमिला नाद त्यहाँ कहिल्यै सुनिन्नन
त्यसैले त त्यो खण्डहर छ
त्यहाँ जीवनको बिज कहिल्यै उम्रिएन
बाबु
मालिक र मजदुरीमा
मजदुरी रोज्नु
मजदुरका सपना माटोसंग छ
मालिकका ईन्द्रासनसंग
बाबु
ईन्द्रासन त कल्पना न हो
हामी त केवल माटोका पुत्ला न हौँ
बाबु
रगत र पसिनामा
जहिले पसिना बगाउनु
रगत बगाउनेहरु निर्जीव इतिहासका पानामा परे
उनीहरुलाई नपल्टाए कुनै अस्तित्व छैन
तिमी बिउ रोपेर हेर्नु
हामी पसिनाका बागका पुष्प न हौँ
ति सधैँ मग्मगाइरहन्छन, जग्मगाइरहन्छन
पसिना बगाउनेहरु
हरेक पुष्पमार्फत मुस्कुराइरहन्छन
संसार बनाउनेहरु, संसार बचाउनेहरु
बाबु
सम्राटका
स्वप्नहरुले
अमृतको लोभ देखाएर
भोकहरुको सैनिक निकाले
इन्द्रासनको संग्राममा
भोकाहरु मारिए
सम्राट
चक्रवर्ती भए रे
जोगीहरुले
चिरञ्जिवी र विजयी भवः सम्राटलाई भने
सायद
ईश्वरधारीहरुले धर्म बचाउन ईश्वर गुमाए
सम्राटले लेखाए
किल्ला र पानाहरुमा
भोकाहरुका रगतले
जनयुद्दका
स्वतन्त्रताका
परिवर्तनका
क्रान्तीका
बहुदलका
गणतन्त्रका
राज्यका, बिरताका र विजयका
गाथा गर्विला भनेर
कोमल मष्तिस्कका पानाहरुमा
गर्विला भनिएका ति वर्वरताका अवशेषहरुलाई
छापाखानाहरुले
हरेक बिहान छापिरहे
अमर भन्ठानेर
जीवनका मालीहरुले
पिडाले धर्तीको धाँजा फाटेको देखेर
बादलहरु रुँदा
कुटो, कोदालो
हंसिया, हतौडा
हलो, जुवा
लिएर आए
अनि लगाए छातीमा हरियालीको मलम
जीवनका खेतहरुमा
पसिनाका नहर बगाएर
अनन्त प्राणहरु उमारे
मालीका इतिहास कहिल्यै लेख्नुपरेन
उनीहरु युगौँयुग सम्म जीवन्त रहे
खैर
इतिहास त केवल मर्नेहरुको लेखिन्छ
त्यसैले बाबु
हलो र हतियारमा
हलो नै उठाउनु
हलो उठाउनेहरुले इन्द्रेणी फलाएर
सुन भित्र्याए
हतियार उठाउनेहरुले सधैँ ग्रहण देखे
किल्लाहरुलाई सोध्नु जस्ले हतियार उठाए
त्यहाँ पलपल रक्तकुण्डका चित्कार सुनिन्छन
मनहरुका प्रेमिला नाद त्यहाँ कहिल्यै सुनिन्नन
त्यसैले त त्यो खण्डहर छ
त्यहाँ जीवनको बिज कहिल्यै उम्रिएन
बाबु
मालिक र मजदुरीमा
मजदुरी रोज्नु
मजदुरका सपना माटोसंग छ
मालिकका ईन्द्रासनसंग
बाबु
ईन्द्रासन त कल्पना न हो
हामी त केवल माटोका पुत्ला न हौँ
बाबु
रगत र पसिनामा
जहिले पसिना बगाउनु
रगत बगाउनेहरु निर्जीव इतिहासका पानामा परे
उनीहरुलाई नपल्टाए कुनै अस्तित्व छैन
तिमी बिउ रोपेर हेर्नु
हामी पसिनाका बागका पुष्प न हौँ
ति सधैँ मग्मगाइरहन्छन, जग्मगाइरहन्छन
पसिना बगाउनेहरु
हरेक पुष्पमार्फत मुस्कुराइरहन्छन
संसार बनाउनेहरु, संसार बचाउनेहरु
Subscribe to:
Posts (Atom)