Featured Post

बर्बरता

 बर्बरता मिलनका निम्ति  आउदै नआउनु तिमी सम्भावनाका कुनै घडी छैनन हामीसँग​ बरू बचेर जानु  कतै  हामीले लगाएको बर्बरता ले  तिम्रो गुलावी मुटु न...

Tuesday, May 12, 2020

घडी



उदाउने र
अस्ताउनेहरु
मुखामुख कहिल्यै भेटेनन
तर पनि पछ्याइरहन्छन एक अर्कालाई
मेरो भित्ते घडीका
सुईहरुले बोकेर घुमिरहन्छ
उनीहरुलाई
हर प्रहर​
त्यहि पनि
युगौँदेखि मेटाइरहेछन
एकले अर्काको नमेटिने पाइतलाहरु
खैर​
कहिल्यै बुझेनन​
उनीहरु हिड्ने आकास एउटै छ भनेर​



No comments:

Post a Comment