Featured Post

बर्बरता

 बर्बरता मिलनका निम्ति  आउदै नआउनु तिमी सम्भावनाका कुनै घडी छैनन हामीसँग​ बरू बचेर जानु  कतै  हामीले लगाएको बर्बरता ले  तिम्रो गुलावी मुटु न...

Monday, January 27, 2020

सन्तुलन​


मनभित्र​
आशाको दियो बाल्नु मित्र​
तर होसियार हुनु है
साहस र उत्साहको
अथाह शक्तिमा
कतै तिमीले
मनभित्रको बगैँचामा
डढेलो नलगाउनु
याद गर्नु
दिप प्रकास हो,
जीवनदर्शन र व्यवहार हो
डढेलो जीवननाशक हो
चाहे बनमा लागोस​
चाहे मनमा

त्रिभुवन ढकाल​
मेलवर्न
(२०७६।१०।१४)

No comments:

Post a Comment