यतिबेला सबैले आफ्नो शारिरीक र मानसिक अवस्था तन्दुरुस्त राख्नुपर्ने हुन्छ। संकटको समयमा अतालिनु, डराउनु ,तनाबमा हुनु स्वभाविक हो। यो समय सबैको लागि कठिन छ तर हामी सतर्क हुन सक्छौँ र सम्भावित क्षतिबाट बच्न सक्छौँ।केहि देश र शहरहरुले आफ्नो स्थानलाई कोरोनाबाट मुक्त बनाइसके र यहि कुराले हामीलाई पनि बिजय पाउने हिम्मत दिन्छ। आफ्नो मानसिक र शारिरीक स्वास्थ्य तन्दुरुस्त राख्नका निम्ति तलका कुराहरुमा ध्यान दिनुहोला।
१) स्वस्थ र पोषिलो खाना खानु फलफुल धेरै खानु जसले शरीरको रोगप्रतिरोधात्मक क्षमतालाई दुरुस्त राख्ने छ र संभावित क्षतिलाई न्युन गर्दछ, चिनी धेरै प्रयोग नगर्नु, सकेसम्म फ्रिजमा राखिएका खाना र पेय पदार्थ प्रयोग नगर्नु
२)जाँड-रक्सी र चिसो पेय पदार्थहरु पटक्कै प्रयोग नगर्नु।
३) चुरोट पटक्कै नपिउनु। चुरोट पिउनाले घातक समस्याहरु सिर्जना हुन सक्छ र त्यहि समयमा इन्फेक्सन भयो भने बाँच्ने सम्भावना न्युन हुन्छ।
४) शारिरीक व्यायम नियमित गर्नु। वयस्कले दिनको ३० मिनेट र बालबालिकाले दिनको १ घण्टा। यदि देशको परिवेशले दियो भने बाहिर दौडीन जानु, केहि समय हिड्नु तर यो मिल्दैन भने घरभित्रै संगितमा नाच्नु, ध्यान गर्नु, योगा गर्नु, भर्याङ्गमा तलमाथि गर्नु। व्यायमले मानसिक अवस्थालाई बलियो र रोग-प्रतिरोधात्मक क्षमतालाई दुरुस्त राख्न सहयोग गर्छ। घरभित्रै काम गरिरहेका छौँ भने लामो समयसम्म एकै स्थानमा नबस्नु, हरेक ३० मिनेटमा ३ मिनेटको ब्रेक लिनु
५) मानसिक अवस्था बलियो राखिरहनु। कुनै पुस्तक पढ्नु,नाच्नु, गित गाउनु, अथवा गेम खेल्नु, प्राणायाम गर्नु, समाचार र अनलाइन न्युज एवं सामाजिक संञालबाट सकेसम्म टाढा रहनु। आफ्नो घरको मान्छे र आफ्ना चिनजानका मान्छेसंग कुरा गरिरहनु, एक-अर्कालाई सहयोग गरिरहनु। यसले मानसिक अवस्थालाई तन्दुरुस्त रहनमा सहयोग गर्छ। जानकारीहरु आधिकारिक स्रोतबाट दिनको १, २ पटक मात्र लिनु। आफ्ना छिमेकीहरुको संपर्कमा रहिरहनु। करुणा नै सबैभन्दा ठूलो हतियार हो।
Featured Post
बर्बरता
बर्बरता मिलनका निम्ति आउदै नआउनु तिमी सम्भावनाका कुनै घडी छैनन हामीसँग बरू बचेर जानु कतै हामीले लगाएको बर्बरता ले तिम्रो गुलावी मुटु न...
Saturday, March 28, 2020
Friday, March 27, 2020
कोरोना
केहि व्यक्तिहरुले हामी बाहिर नगएर, बाहिरका व्यक्तिहरुसंग भेटघाट नगरिकिन यति धेरै दिनसम्म कसरी बाँच्ने भनिरहेका छन।
त्यसैले त्यस्ता व्यक्तिहरुले यो बुझ्नु कि
बाहिरको यो संसारसंग र त्यसको सहाराले मात्र हाम्रो जीवन चल्न सक्छ भन्ने केहि व्यक्तिहरुको ठम्याई यो २१ दिनले धरासाइ गराइदिने छ।
यो महामारीबाट यहाँहरु बच्न चाहनुहुन्छ भने यहाँहरु घरभित्रै बस्नुपर्ने हुन्छ, यो नै समयको माग हो। जो व्यक्तिले समयको यो मागलाई पुरा गर्छ, त्यस व्यक्तिले एउटा नविन अनुभव प्राप्त गर्छ।
घरमा बसेर नै यो जान्न सकिन्छ कि बाहिरी संसार भन्दा पनि, हाम्रो घरमा र हामी भित्रै एउटा अलग्गै संसार छ जसलाई हामीले बिर्सिसकेका छौँ। वास्तवमा वास्तविक दुनिया त्यहि नै हो। त्यसलाई खोज्ने, पत्ता लगाउने र त्यसमा जीवन जीउने कोशिश गर्नुहोस।त्यसो गर्नाले एक अलौकिक अनुभव प्राप्त हुन्छ।
यसको उत्तर आत्मशोधन हो।
आफ्नो आत्मा, आफ्नो मन र आफ्नो शरीरलाई साँध्नु। आत्मसोधनको सयौँ उपाय छन। यहाँहरुलाई कुन तरिका उचित लाग्छ, कुन तरिका उपयोगी लाग्छ, अपनाएर स्वयंभित्र हेर्नुहोस। स्वयंभित्र रहेको संसारमा पस्नुहोस। आनन्द प्राप्त हुने छ।
बाहिरी एक सूक्ष्म वायरसले मानवलाई भयभीत गराएको छ। तर मानव यो जान्दैन कि मानवभित्रै उसैको सबै भन्दा धेरै प्रभावक एटिंवायरस छ। प्रकृतिले यसै कारणले मानवलाई एकान्तमा राखिदिनुभएको हो ताकि मानवले यो भाग-दौडले भरिएको यो जिन्दगीमा एकपटक रोकिएर स्वयंभित्र रहेको सूक्ष्म एटिंवायरस पत्ता लगाएर त्यसलाई उपयोग गरेर स्वयंलाई सधैँको लागि सुरक्षित राख्न सकोस।
तर घर भित्र पनि दिनभरी टिभी, मोबाईल र इन्टरनेटमा लागिरहनुभयो भने यो मान्नुहोस कि यहाँहरुले धेरै महत्वपूर्ण समय र धेरै महत्वपूर्ण उपलब्दिहरु गुमाउनुहुने छ जुन भागदौडबाट टाढा रहेर यो २१ दिनमा प्राप्त गर्न सक्नुहुन्थ्यो।
[(सौरभ द्विवेदी २०२०, कोरोना, (फेसबुक पोष्ट) २६-०३-२०२०, प्रथम पटक हेरिएको २८-०३-२०२०)]
(अनुवादक-त्रिभुवन ढकाल)
Original text on
https://www.facebook.com/photo.php?fbid=3022956274478388&set=a.232899096817467&type=3&theater
Monday, March 2, 2020
भगवान शिव विषेस
भगवान शिव विषेस
बिर्सेर पनि भगवान शंकर जी लाई गाँजा, चिलिम, धतुरो, भांग आदि इत्यादि जस्ता मादक पदार्थ नचढाउनु। यो केवल हाम्रो धार्मिक पद्दतिलाई कमजोर बनाउने, भगवान शंकर जीको छवि विगार्ने र धर्मलाई बदनाम गराउने एक प्रकारको योजना थियो, जुन योजनालाई हाम्रो समाजले स्वतः सहयोग गरिरहेको छ। पूजा-पाठको नाममा पण्डित र पूजारीहरुले यहाँहरु मार्फत यो सबै गराइरहेका छन, ति सबै महामूर्ख अथवा अल्पज्ञानी हुन। यो कुरा यहाँहरुले पनि राम्रो संग बुझ्नुहोस र अन्यलाई पनि सम्झाउनुहोस र यसो गर्नबाट रोक्नुहोस। केहि लेखकहरुले पनि कागले कान लग्यो भनेजस्तै वास्तविकता नबुझि शिव पूजामा भांग-धतुरो जस्ता नशाहरुको महिमा मंडन गरिरहेका छन, जुन स्वयं त्यस्ता व्यक्तिहरुको विवेकमाथि प्रश्न चिन्ह हो।
भगवान शंकर जी शुद्दता, पवित्रताको प्रतिक हुनुहुन्छ। शिव जी त्यागी, तपस्वी, योगी, ध्यानी हुनुहुन्छ। योग, ज्योतिष, आयुर्वेद जस्ता गुढ रहस्यमयी विद्या भगवान शंकरमार्फत उत्पत्ति भएको हो। यति धेरै गुढ रहस्यका रचनाकार, संसारको स्थितिको संतुलनकर्ता भगवान शिवलाई नशा चढाउनु भनेको भयङ्कर पाप हो। यो अज्ञानताबाट बच्नु। समुन्द्रमंथन बाट निस्किएको विषको तापबाट संसारलाई बचाउनलाई शिवजीले त्यस विष पान गरेर आफ्नो कण्ठमा धारण गर्नुभएको थियो, वहाँले कहिल्यै कुनै नशा गर्नुभएन। विषलाई आफ्नो कण्ठमा धारण गरेको हुनाले भगवान शंकरको नाम निलकण्ठ भयो।
नशा प्रवृत्तिलाई बढाई-चढाई गर्नु, भगवानको आडमा नशेडी अथवा नशाका व्यापारीहरुले निकालेको यो उपायलाई अब पूर्णतया समाप्त गर्नुपर्ने जरुरी छ। यदि हामी समाजको यो दुष्प्रवृत्तिलाई हटाउन सफल भयौँ भने हाम्रो भक्ति आफै नै सार्थक हुन्छ।
यसको बावजुत पनि एक अर्को महत्वपूर्ण कुरा के हो भने पण्डित समुदाय द्वारा धर्मग्रन्थहरुमा र पुरै सामाजिक संजालमा भगवान भोलेनाथको पूजा-अर्चनाको लागि ठूला-ठूला श्लोक वा मंत्रहरु भनिएको छ। यदि यहाँहरुलाई मंत्रहरु कण्ठस्थ छ भने तिनैको सहारा लिनु राम्रो हो, कण्ठस्थ छैन भने पनि सरल विधि अवलम्बन गर्नुहोस, यसो गर्नाले पनि आशिर्वाद बराबर नै प्राप्त हुन्छ, केवल भावना प्रवल हुनुपर्छ।
पण्डित जी आएर घरमा कुसे गुन्द्रिमा आसन गरेर संस्कृत मंत्रहरु उच्चारण नगरे सम्म, ठूलो अनुष्ठान नगरेसम्म, धेरै धन खर्च नगरेसम्म शिव जी प्रसन्न हुनुहुन्न भन्ने कुरा कदापि सहि होइन। यो यहाँहरु स्वयं पनि गर्न सक्नुहुन्छ। महाशिवरात्रि जस्ता ठूला पर्वमा पुरै दिन र पुरै रात एक-एक पल शुभ मुहुर्त हुन्छ। शांत चित्त भएर, एकाग्रताका साथ अनुष्ठानको रुपमा अथवा सामान्य रुपमा धेरै भन्दा धेरै जप अथवा शुभ संकल्प गर्नुहोस्, महादेवको कृपा अवश्य मिल्नेछ।
हर-हर महादेव
[(अनुप द्विवेदी २०२०, भूलकर भी शंकर जी को भांग ,,(फेसबुक पोष्ट) २१-०२-२०२०, प्रथम पटक हेरिएको २५-०२-२०२०)]
(अनुवादक-त्रिभुवन ढकाल)
( original text on
https://www.facebook.com/saurabh.dwivedianup/posts/2943357305771619 ))

Subscribe to:
Posts (Atom)