यतिबेला सबैले आफ्नो शारिरीक र मानसिक अवस्था तन्दुरुस्त राख्नुपर्ने हुन्छ। संकटको समयमा अतालिनु, डराउनु ,तनाबमा हुनु स्वभाविक हो। यो समय सबैको लागि कठिन छ तर हामी सतर्क हुन सक्छौँ र सम्भावित क्षतिबाट बच्न सक्छौँ।केहि देश र शहरहरुले आफ्नो स्थानलाई कोरोनाबाट मुक्त बनाइसके र यहि कुराले हामीलाई पनि बिजय पाउने हिम्मत दिन्छ। आफ्नो मानसिक र शारिरीक स्वास्थ्य तन्दुरुस्त राख्नका निम्ति तलका कुराहरुमा ध्यान दिनुहोला।
१) स्वस्थ र पोषिलो खाना खानु फलफुल धेरै खानु जसले शरीरको रोगप्रतिरोधात्मक क्षमतालाई दुरुस्त राख्ने छ र संभावित क्षतिलाई न्युन गर्दछ, चिनी धेरै प्रयोग नगर्नु, सकेसम्म फ्रिजमा राखिएका खाना र पेय पदार्थ प्रयोग नगर्नु
२)जाँड-रक्सी र चिसो पेय पदार्थहरु पटक्कै प्रयोग नगर्नु।
३) चुरोट पटक्कै नपिउनु। चुरोट पिउनाले घातक समस्याहरु सिर्जना हुन सक्छ र त्यहि समयमा इन्फेक्सन भयो भने बाँच्ने सम्भावना न्युन हुन्छ।
४) शारिरीक व्यायम नियमित गर्नु। वयस्कले दिनको ३० मिनेट र बालबालिकाले दिनको १ घण्टा। यदि देशको परिवेशले दियो भने बाहिर दौडीन जानु, केहि समय हिड्नु तर यो मिल्दैन भने घरभित्रै संगितमा नाच्नु, ध्यान गर्नु, योगा गर्नु, भर्याङ्गमा तलमाथि गर्नु। व्यायमले मानसिक अवस्थालाई बलियो र रोग-प्रतिरोधात्मक क्षमतालाई दुरुस्त राख्न सहयोग गर्छ। घरभित्रै काम गरिरहेका छौँ भने लामो समयसम्म एकै स्थानमा नबस्नु, हरेक ३० मिनेटमा ३ मिनेटको ब्रेक लिनु
५) मानसिक अवस्था बलियो राखिरहनु। कुनै पुस्तक पढ्नु,नाच्नु, गित गाउनु, अथवा गेम खेल्नु, प्राणायाम गर्नु, समाचार र अनलाइन न्युज एवं सामाजिक संञालबाट सकेसम्म टाढा रहनु। आफ्नो घरको मान्छे र आफ्ना चिनजानका मान्छेसंग कुरा गरिरहनु, एक-अर्कालाई सहयोग गरिरहनु। यसले मानसिक अवस्थालाई तन्दुरुस्त रहनमा सहयोग गर्छ। जानकारीहरु आधिकारिक स्रोतबाट दिनको १, २ पटक मात्र लिनु। आफ्ना छिमेकीहरुको संपर्कमा रहिरहनु। करुणा नै सबैभन्दा ठूलो हतियार हो।
No comments:
Post a Comment