भगवान शिव विषेस
बिर्सेर पनि भगवान शंकर जी लाई गाँजा, चिलिम, धतुरो, भांग आदि इत्यादि जस्ता मादक पदार्थ नचढाउनु। यो केवल हाम्रो धार्मिक पद्दतिलाई कमजोर बनाउने, भगवान शंकर जीको छवि विगार्ने र धर्मलाई बदनाम गराउने एक प्रकारको योजना थियो, जुन योजनालाई हाम्रो समाजले स्वतः सहयोग गरिरहेको छ। पूजा-पाठको नाममा पण्डित र पूजारीहरुले यहाँहरु मार्फत यो सबै गराइरहेका छन, ति सबै महामूर्ख अथवा अल्पज्ञानी हुन। यो कुरा यहाँहरुले पनि राम्रो संग बुझ्नुहोस र अन्यलाई पनि सम्झाउनुहोस र यसो गर्नबाट रोक्नुहोस। केहि लेखकहरुले पनि कागले कान लग्यो भनेजस्तै वास्तविकता नबुझि शिव पूजामा भांग-धतुरो जस्ता नशाहरुको महिमा मंडन गरिरहेका छन, जुन स्वयं त्यस्ता व्यक्तिहरुको विवेकमाथि प्रश्न चिन्ह हो।
भगवान शंकर जी शुद्दता, पवित्रताको प्रतिक हुनुहुन्छ। शिव जी त्यागी, तपस्वी, योगी, ध्यानी हुनुहुन्छ। योग, ज्योतिष, आयुर्वेद जस्ता गुढ रहस्यमयी विद्या भगवान शंकरमार्फत उत्पत्ति भएको हो। यति धेरै गुढ रहस्यका रचनाकार, संसारको स्थितिको संतुलनकर्ता भगवान शिवलाई नशा चढाउनु भनेको भयङ्कर पाप हो। यो अज्ञानताबाट बच्नु। समुन्द्रमंथन बाट निस्किएको विषको तापबाट संसारलाई बचाउनलाई शिवजीले त्यस विष पान गरेर आफ्नो कण्ठमा धारण गर्नुभएको थियो, वहाँले कहिल्यै कुनै नशा गर्नुभएन। विषलाई आफ्नो कण्ठमा धारण गरेको हुनाले भगवान शंकरको नाम निलकण्ठ भयो।
नशा प्रवृत्तिलाई बढाई-चढाई गर्नु, भगवानको आडमा नशेडी अथवा नशाका व्यापारीहरुले निकालेको यो उपायलाई अब पूर्णतया समाप्त गर्नुपर्ने जरुरी छ। यदि हामी समाजको यो दुष्प्रवृत्तिलाई हटाउन सफल भयौँ भने हाम्रो भक्ति आफै नै सार्थक हुन्छ।
यसको बावजुत पनि एक अर्को महत्वपूर्ण कुरा के हो भने पण्डित समुदाय द्वारा धर्मग्रन्थहरुमा र पुरै सामाजिक संजालमा भगवान भोलेनाथको पूजा-अर्चनाको लागि ठूला-ठूला श्लोक वा मंत्रहरु भनिएको छ। यदि यहाँहरुलाई मंत्रहरु कण्ठस्थ छ भने तिनैको सहारा लिनु राम्रो हो, कण्ठस्थ छैन भने पनि सरल विधि अवलम्बन गर्नुहोस, यसो गर्नाले पनि आशिर्वाद बराबर नै प्राप्त हुन्छ, केवल भावना प्रवल हुनुपर्छ।
पण्डित जी आएर घरमा कुसे गुन्द्रिमा आसन गरेर संस्कृत मंत्रहरु उच्चारण नगरे सम्म, ठूलो अनुष्ठान नगरेसम्म, धेरै धन खर्च नगरेसम्म शिव जी प्रसन्न हुनुहुन्न भन्ने कुरा कदापि सहि होइन। यो यहाँहरु स्वयं पनि गर्न सक्नुहुन्छ। महाशिवरात्रि जस्ता ठूला पर्वमा पुरै दिन र पुरै रात एक-एक पल शुभ मुहुर्त हुन्छ। शांत चित्त भएर, एकाग्रताका साथ अनुष्ठानको रुपमा अथवा सामान्य रुपमा धेरै भन्दा धेरै जप अथवा शुभ संकल्प गर्नुहोस्, महादेवको कृपा अवश्य मिल्नेछ।
हर-हर महादेव
[(अनुप द्विवेदी २०२०, भूलकर भी शंकर जी को भांग ,,(फेसबुक पोष्ट) २१-०२-२०२०, प्रथम पटक हेरिएको २५-०२-२०२०)]
(अनुवादक-त्रिभुवन ढकाल)
( original text on
https://www.facebook.com/saurabh.dwivedianup/posts/2943357305771619 ))
No comments:
Post a Comment