Featured Post

बर्बरता

 बर्बरता मिलनका निम्ति  आउदै नआउनु तिमी सम्भावनाका कुनै घडी छैनन हामीसँग​ बरू बचेर जानु  कतै  हामीले लगाएको बर्बरता ले  तिम्रो गुलावी मुटु न...

Friday, March 27, 2020

कोरोना


केहि व्यक्तिहरुले हामी बाहिर नग​एर​, बाहिरका व्यक्तिहरुसंग भेटघाट नगरिकिन यति धेरै दिनसम्म कसरी बाँच्ने भनिरहेका छन​।
त्यसैले त्यस्ता व्यक्तिहरुले यो बुझ्नु कि
बाहिरको यो संसारसंग र त्यसको सहाराले मात्र हाम्रो जीवन चल्न सक्छ भन्ने केहि व्यक्तिहरुको ठम्याई यो २१ दिनले धरासाइ गराइदिने छ​।
यो महामारीबाट यहाँहरु बच्न चाहनुहुन्छ भने यहाँहरु घरभित्रै बस्नुपर्ने हुन्छ​, यो नै समयको माग हो। जो व्यक्तिले समयको यो मागलाई पुरा गर्छ​, त्यस व्यक्तिले एउटा नविन अनुभव प्राप्त गर्छ​।
घरमा बसेर नै यो जान्न सकिन्छ कि बाहिरी संसार भन्दा पनि, हाम्रो घरमा र हामी भित्रै एउटा अलग्गै संसार छ जसलाई हामीले बिर्सिसकेका छौँ। वास्तवमा वास्तविक दुनिया त्यहि नै हो। त्यसलाई खोज्ने, पत्ता लगाउने र त्यसमा जीवन जीउने कोशिश गर्नुहोस​।त्यसो गर्नाले एक अलौकिक अनुभव प्राप्त हुन्छ​।
यहाँहरुले कहिल्यै संसारबाट टाढा एकांतमा कुनै झुपडीमा शानसंग जीवन बिताइरहेको कुनै वास्तविक सन्यासीलाई अथवा साधुलाई देख्नुभ​एको छ​? उनीहरुले एक दिन​, दुई दिन अथवा केहि महिना नभ​एर पुरै जीवन नै त्यसरी बिताइदिन्छन​।
यसको उत्तर आत्मशोधन हो।
आफ्नो आत्मा, आफ्नो मन र आफ्नो शरीरलाई साँध्नु। आत्मसोधनको सयौँ उपाय छन​। यहाँहरुलाई कुन तरिका उचित लाग्छ​, कुन तरिका उपयोगी लाग्छ​, अपनाएर स्वयंभित्र हेर्नुहोस​। स्वयंभित्र रहेको संसारमा पस्नुहोस​। आनन्द प्राप्त हुने छ​।
बाहिरी एक सूक्ष्म वायरसले मानवलाई भयभीत गराएको छ​। तर मानव यो जान्दैन कि मानवभित्रै उसैको सबै भन्दा धेरै प्रभावक एटिंवायरस छ​। प्रकृतिले यसै कारणले मानवलाई एकान्तमा राखिदिनुभ​एको हो ताकि मानवले यो भाग​-दौडले भरिएको यो जिन्दगीमा एकपटक रोकिएर स्वयंभित्र रहेको सूक्ष्म एटिंवायरस पत्ता लगाएर त्यसलाई उपयोग गरेर स्वयंलाई सधैँको लागि सुरक्षित राख्न सकोस​।
तर घर भित्र पनि दिनभरी टिभी, मोबाईल र इन्टरनेटमा लागिरहनुभयो भने यो मान्नुहोस कि यहाँहरुले धेरै महत्वपूर्ण समय र धेरै महत्वपूर्ण उपलब्दिहरु गुमाउनुहुने छ जुन भागदौडबाट टाढा रहेर यो २१ दिनमा प्राप्त गर्न सक्नुहुन्थ्यो।

[(सौरभ द्विवेदी २०२०, कोरोना, (फेसबुक पोष्ट​) २६-०३-२०२०, प्रथम पटक हेरिएको २८-०३-२०२०)]
(अनुवादक-त्रिभुवन ढकाल)
Original text on
https://www.facebook.com/photo.php?fbid=3022956274478388&set=a.232899096817467&type=3&theater





No comments:

Post a Comment